5 years ago
March 2, 2021
एजेन्सी – अफगानिस्तानका स्टार लेगस्पिनर राशिद खानले जिम्बावेविरुद्ध पहिलो टेष्ट खेल गुमाउने भएका छन् । दुई टेष्ट सिरिज अन्तर्गत पहिलो टेष्ट मंगलबारदेखि संयुक्त अरव इमिरेट्स (यूएई) को शेख जायद स्टेडियम आबूधाबीमा सुरु हुँदैछ ।

पाकिस्तान सुपर लिग (पिएसएल) खेल्ने क्रममा राशिदको औंलामा चोट लागेको थियो । राशिद गत फेब्रुअरी २२ मा पिएसएलमा लाहोर कलन्दर्सबाट क्वेटा ग्याडियटर्सविरुद्ध बलिङ गर्नेक्रममा क्रिस गेलले हानेको सटले औंलामा लाग्दा घाइते भएका थिए ।
जिम्बावेविरुद्ध सिरिजमा अफगानिस्तानले ८ अनक्याप्ड खेलाडीलाई मौका दिएको छ । दोस्रो टेष्ट १० मार्चदेखि सुरु हुने छ । अफगानिस्तान र जिम्बावेले तीन टि२० आई खेल पनि खेल्ने कार्यक्रम छ । पहिलो टि२० खेल १७ मार्चमा हुने छ । दोस्रो १९ र तेस्रो खेल २० मार्चमा हुने छ । सबै खेल आबूधाबीमा हुने छन् ।
राशिद अफगानिस्तानको टोलीमा फर्किएपछि कलन्दर्सले उनको स्थानमा नेपाली लेगस्पिनर सन्दीप लामिछानेलाई टोलीमा समेटेको छ । सन्दीप शनिबार कराँचीतर्फ लागि सकेका छन् ।
लाहोरले ४ मार्चमा इस्लामबाद युनाइटेडविरुद्ध खेल्दै छ । उक्त खेलमा सन्दीपले खेल्ने सम्भावना छ । लाहोर ४ खेलमा ३ मा जित र १ मा हार सहित ६ अंकका साथ दोस्रो स्थानमा छ ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]