5 years ago
March 2, 2021
एजेन्सी – भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीले मैदानमा विश्व क्रिकेटमा थुप्रै कीर्तिमान बनाएका छन् । कोहलीले मैदानसँगै बाहिर पनि अर्को कीर्तिमान कायम गरेका छन् ।

कोहली इन्स्टाग्राममा एक समय मिलियन फलोअर्स हुने पहिलो क्रिकेट खेलाडी बनेका छन् । कोहलीको इन्स्टाग्राममा सोमबार एक सय मिलियन फलोअर्स पुगेको हो । कोहली इन्टाग्राममा एक समय मिलियन फलोअर्स हुने पहिलो एसियाली सेलिब्रेटी समेत बनेका छन् ।
विराटपछि सर्वाधिक फलोअर्स एसियाली सेलिब्रेटीमा बलिउड अभिनेत्री प्रियंका चोपडा ६०.८ मिलियन फलोअर्स छन् । इन्स्टाग्राममा विश्वमा सर्वाधिक धेरै फलोअर्स युभेन्ट्सका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोको छ । रोनाल्डोको २ सय ६६ मिलियन फलोअर्स छन् । दोस्रो स्थानमा अमेरिकन गायिका एरियाना ग्रान्डे छिन् । एरियानाको २ सय २४ मिलयन फलोअर्स छन् ।
तेस्रो स्थानमा पूर्व डब्लू डब्लू डब्लू सुपर स्टार ड्वेन जोहनसन २ सय २० मिलियन फलोअर्स छन् ।बार्सिलोना लिओनल मेस्सीको १ सय ८७ मिलियन र पेरिस सेन्ट जर्मेनका नेयमारको १ सय ४७ मिलियन फलोअर्स छन् ।
समग्रमा कोहली इन्टाग्राममा सर्वाधिक फलोअर्स भएका विश्वका छैटौं सेलिबे्रटी हुन् । विराटको फेसबुकमा ३६ मिलियन र ट्वीटरमा ४०.८ मिलियन फलोअर्स छन् ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]