default_image

5 years ago

March 2, 2021

मेयर कप पहिलो खेल – आर्मीविरुद्ध एपिएफ

116 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं महानगरपालिकाको सहयोगमा नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्न काठमाडौं मेयर कप–२०७७ को खेल तालिका सार्वजनिक भएको छ ।

प्रतियोगिता फागुन २२ देखि २९ सम्म टियु र मुलपानी क्रिकेट मैदानमा हुने छ । प्रतियोगिता पहिलो खेल फागुन २२ मा गत माघमा सम्पन्न प्रधानमन्त्री कपका विजेता त्रिभुवन आर्मी क्लब र उप विजेता नेपाल एपिएफ क्लबबीच टियुमा प्रतिस्पर्धा हुने छ ।

फागुन २२ मा अर्को खेलमा मुलपानीमा नेपाल पुलिस क्लब र बागमती प्रदेशबीच प्रतिस्पर्धा हुने छ । बागमती र पुलिस प्रधानमन्त्री कपमा सेमिफाइनलबाट बाहिरिएका थिए । पाँच टोली सहभागी यस प्रतियोगितामा मुलपानीमा कुल ४ खेल हुने छन् ।

टियुमा फाइनल सहित ७ खेल हुने छन् । ६ प्रदेशका खेलाडी मिलेर बनेको काठमाडौं मेयर ११ को टोलीले पहिलो खेल फागुन २३ मा मुलपानीमा बागमती प्रदेशसँग खेल्ने छ । सिंगल राउन्ड रोविनको खेलपछि शीर्ष स्थानमा रहने दुई टोली फाइनलमा पुग्ने छन् ।

फाइनल फागुन २९ मा टियु मैदानमा हुने छ । समग्रमा मेयर कपमा लिगका १० र फाइनल एक गरि कुल ११ खेल हुने छन् । फागुन २८ लाई विश्राम दिन राखिएको छ । प्रतियोगिता ५० ओभरको हुने छ । काठमाडौं मेयर ११ टोलीमा बागमती प्रदेश बाहेक अन्य ६ प्रदेशबाट प्रधानमन्त्री कपमा राम्रो प्रर्दशन गर्ने खेलाडी मिलाएर बनाईएको छ ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.