काठमाडौं(हाम्रो खेलकुद) – प्लाई तानसेन तथा एन.जी.जी.सी. को आयोजनामा चैत्र ११ गते देखि कीर्तिपुरमा ब्ल्याक बक खुला क्लब क्रिकेट टी २० प्रतियोगिता आयोजना हुने भएको छ।

नक आउटका आधारमा हुने प्रतियोगितामा देशभरका विभिन्न सहरका २० वटा टोलीको सहभागिता रहने मंगलबार आयोजित पत्रकार सम्मेलनमा संयोजक सुमन डाँगीले जानकारी दिए ।
प्रतियोगिताको विजेता टोलिले ५० हजार रुपैयाँ र उप-विजेताले २५ हजार रुपैयाँ पाउनेछन् । प्रतियोगिताकै उत्कृष्ट खेलाडीले १० हजार रुपैयाँ, उत्कृष्ट ब्याट्सम्यान र बलरले ५-५ हजार पाउने छन् । प्रत्येक खेलको ‘प्लेयर अफ द म्याच’ ले १ हजार पाउने छन् ।