default_image

5 years ago

March 2, 2021

अफगानिस्तानविरुद्ध जिम्बावेको अग्रता

117 views

0 Bookmark

एजेन्सी – अफगानिस्तानविरुद्ध पहिलो टेष्ट खेलमा जिम्बावेले २ रनको सामान्य अग्रता लिएको छ । पहिलो टेष्टको पहिलो दिन मंगलबार कुल १५ विकेटको पतन भयो ।

अफगानिस्तानलाई सस्तैमा अल आउट गरेको जिम्बावेले ३९ ओभरमा ५ विकेट गुमाउँदै १ सय ३३ रन बनाएको छ । जिम्बावेका कप्तान सेन विलियम्स ७८ बलमा ५ चौका सहित ५४ रनमा अविजित छन् । विलियम्सलाई रयान बुर्लले ८ रनमा साथ दिने छन् । अलराउन्डर सिकन्दर राजा ६२ बलमा ५ चौका सहित ४३ रनमा आउट भए ।

एक समय ३८–४ को कमजोर अवस्थामा पुगेको जिम्बावेलाई पाँचौ विकेटका लागि विलियम्स र राजाले ७१ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । अफगानिस्तानका स्पिनर अमिर हम्जाले ४ विकेट लिएका छन् ।

त्यसअघि शेख जायद स्टेडियम आबूधाबीमा टस जितेर पहिला ब्याटिङ रोजेको अफगानिस्तान ४७ ओभरमा १ सय ३१ रनमा अल आउट भएको थियो । अफगानिस्तानका ओपनर इब्राहिम जद्रान ३१, अफसर जजाईले ३७, अमिर हम्जा १६ र अस्गर अफगानले १३ रन बनाए ।

जिम्बावेका तीव्र गतिका बलर मुर्जाबानीले ४ विकेट लिए । विक्टर न्याउचीले ३ विकेट लिए । डोनाल्ड तिरिपानो, विलियम्स र राजाको नाममा १–१ विकेट रह्यो ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.