5 years ago
March 2, 2021
एजेन्सी – ओपनर तथा विष्फोटक ब्याट्सम्यान क्रिस गेलले आगामी अक्टोबर नोभेम्बरमा भारतमा हुने टि२० विश्वकप वेस्टइन्डिजले जित्नेमा आशावादी रहेको बताएका छन् ।

बुधबारबाट सुरु हुने श्रीलंकाविरुद्ध टि२० सिरिजमा वेस्टइन्डिजले गेललाई आगमी विश्वकपलाई लक्षित गर्दै दुई वर्षपछि राष्ट्रिय टोलीमा फर्काएको छ । गेल पाकिस्तान सुपर लिग (पिएसएल) छोडेर वेस्टइन्डिज फर्केका छन् । श्रीलंकाविरुद्ध पहिलो टि२० खेल बुधबार एन्टिगुआमा हुँदैछ ।
वेस्टइन्डिजले काइरन पोलार्डको कप्तानीमा बलियो टोली घोषणा गरि सकेको छ । घोषणा टोलीमा गेल, पोलार्ड, निकोलस पुरन, लेन्डन सिमन्स, इभिन लुइस, आन्द्रे फ्लेचर लगायतका विश्व चर्चित टि२० ब्याट्सम्यान छन् । समग्रमा टि २० विश्वकपलाई ध्यान दिँदै खेलाडीलाई मौका दिएको छ ।
‘वेस्टइन्डिजबाट खेल्न इच्छुक र चासो छ भनेर मलाई फोन गरेर सोधेका थिएँ । मैले खेल्न चाहान्छु भने जवाफ दिएँ । किनकी त्यहिँ मेरो मुटु छ । त्यसपछि म पाकिस्तानबाट फर्किएर विश्वकप तयारीको हिस्सा बन्न आएँ, यसले समूहमा एकता प्राप्त गर्ने छ । आशा छ हामीले यो टि२० विश्वकप ट्रफी जित्ने छौं’, गेलले पूनरागमनपछि भने ।
‘मैले वेस्टइन्डिजबाट खेल्न कहिल्यै पनि अस्वीकार गरेन । म फ्रेन्चाइज लिग खेलि रहेको छु । जसबाट सकेसम्म धेरै मानिसलाई मनोरञ्जन प्रदान गर्न चाहान्छु’, उनले भने ।
वेस्टइन्डिजले सन् २०१२ र २०१६ मा टि२० विश्वकप जित्दा गेल टोलीका एक महत्वपूर्ण सदस्य थिए । गत नोभेम्बरमा यूएईमा सम्पन्न इन्डियन प्रिमियर लिग (आइपिएल) मा गेललाई पन्जाब किंग्सले तेस्रो नम्बरमा ब्याटिङ गराएको थियो । गेलले पनि तेस्रो नम्बरमा ब्याटिङ गर्दै उत्कृष्ट प्रर्दशन गरेका थिए ।
वेस्टइन्डिजको टोलीमा अहिले ओपनिङमा गेलसँगै लेन्डन सिमन्स, इभिन लुइस, आन्द्रे फ्लेचर र ब्रेन्डन किंग छन् । टिम ब्यवस्थापनले दिने जुन सुकै नम्बरमा ब्याटिङ गर्न तयार र खुसी भएको गेल बताउँछन् । ‘यो कुनै समस्या होईन, म स्पिन राम्रो खेल्छु । म एक ओपनर हुँ जसले तीव्र गतिको बल पनि त्यतिनै राम्रो खेल्छु । वेस्टइन्डिजले जुनसुकै भूमिका दिएपनि म तयार छु ।’
गेल २०१९ पछि वेस्टइन्डिजको टि२० टोलीमा फर्किएका हुन् ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]