5 years ago
March 2, 2021
काठमाडौं (हाम्रो खेलकुद) – धनगढीमा जारी विद्यालयस्तरीय राष्ट्रिय क्रिकेट प्रतियोगिता चण्डिका ग्रुप लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) मंगलबार धनगढीको शारदा मावि र कञ्चनपुरको शारदा सरस्वती विजयी भएका छन् ।

दिनको पहिलो खेलमा त्रिनगर माविलाई ६१ रनले पराजित गर्दै शारदाले सुखद सुरुवात गर्यो । संघीय प्रहरी इकाई कार्यालयको खेल मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको शारदाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ५८ रन बनायो । लक्की कडायतले सर्वाधिक ६७ रनको योगदान दिए । अभिषेक पालले ३२ र सचिन साउदले २१ रनको योगदान दिए ।
त्रिनगरका खडक नगरकोटीले ४ विकेट र शिशिर थापा मगरले २ विकेट लिए । जितका लागि १ सय ५९ रनको विजयी लक्ष्य पछ्याएको त्रिनगर १६ ओभरमा ९७ रनमा अल आउट भयो । बसन्त थापा मगरले ३० र शिशिर थापा मगरले २८ रन बनाए । शारदाका अभिषेक पालले ५ र लक्की खडायतले २ विकेट लिए ।
दिनको दोस्रो खेलमा कञ्चनपुरको शारदा सरस्वतीले धनगढी नमुनालाई ५ विकेटले पराजित गर्यो । टस जितेर पहिले ब्याटिङ गरेको धनगढी नमुनाले १५.४ ओभरमा ९७ रनमा अल आउट । पारस कार्कीले २१ र सुमित सिंहले २० रन बनाए ।
शारदा सरस्वतीका कैलाश सिंह साउँदले ४ विकेट लिए । जितका लागि ९८ रनको विजयी लक्ष्य पछ्याएको शारदा सरस्वतीले १०.३ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । हेमन्त धामीले २५ र गणेश बहादुर विटालुले २३ रन बनाए । धनगढी नमुनाका पारस कार्की र अनुप कुँवरले २-२ विकेट लिए ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]