default_image

5 years ago

March 3, 2021

म्याक्सवेल र फिन्च चम्कँदा न्युजिल्यान्डलाई विशाल लक्ष्य

141 views

0 Bookmark

एजेन्सी – आक्रामक ब्याट्सम्यान ग्लेन म्याक्सवेल र कप्तान आरोन फिन्चको उत्कृष्ट अर्धशतकको सहयोगमा अष्ट्रेलियाले न्युजिल्यान्डलाई तेस्रो टि२० आई खेलमा २ सय ९ रनको विशाल लक्ष्य दिएको छ ।

वेलिंग्टनमा टस हारेर ब्याटिङको निम्तो पाएको अष्ट्रेलियाले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा २ सय ८ रन बनायो । अष्ट्रेलियालाई ग्लेन म्याक्सवेलले ३१ बलमा ८ चौका र ५ छक्का सहित सर्वाधिक ७० रनको योगदान दिए ।

म्याक्सवेल टिम साउथीको १८ औं ओभरको अन्तिम बलमा स्विच हिट शट खेल्नेक्रममा इनसाइड एज लागेपछि विकेटकिपर टिम सिफर्टबाट क्याच आउट हुन पुगे । कप्तान आरोन फिन्चले ४४ बलमा ८ चौका र २ छक्का सहित ६९ रन जोडे ।

ओपनर म्याथ्यु वेड ५ रनमा आउट भएपनि तेस्रो नम्बरमा ब्याटिङ गरेका युवा ब्याट्म्यान जोश फिलिपेले २७ बलमा ३ चौका र १ छक्का सहित ४३ रन जोड्दै राम्रो सुरुवात दिलाएका थिए । स्पिनर ईस सोधीले दशौं ओभरको अन्तिम बलमा फिलिपे मार्टिन गुप्टिलबाट क्याच आउट हुन पुगे ।

दोस्रो विकेटका लागि फिलिपे र फिन्चले ५२ बलमा ८३ रनको साझेदारी गर्दै टोलीलाई बलियो योगफलतर्फ अघि बढाएका थिए । तेस्रो विकेटका लागि ग्लेन म्याक्सवेल र फिन्चले ६४ रनको साझेदारी गरेका थिए । १७ औं ओभरमा म्याक्सवेलले मध्यगतिका बलर जेम्श निसमलाई चार चौका र दुई छक्का सहित कुल २८ रन जोडेका थिए ।

मार्कस स्टोइनिस ९ र मिचेल मार्श ६ रनमा अविजित रहे । न्युजिल्यान्डका स्पिनर ईस सोधीले ४ ओभरमा ३२ रन खर्चेर २ विकेट लिए । टिम साउथी र ट्रेन्ट बोल्टले एक एक विकेट लिए । पाँच टि२० आई सिरिजमा सुरुवाती दुबै खेल जित्दै न्युजिल्यान्डले २-० को अग्रता लिएको छ ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.