5 years ago
March 3, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका तीब्र गतिका बलर सोमपाल कामी, करण केसी र युवा अलराउन्डर कुशल मल्लले शनिबार सुरु हुने काठमाडौं मेयर कप–२०७७ एकदिवसिय क्रिकेट प्रतियोगिता खेल्ने भएका छन् ।

आर्मीका कप्तान तथा नेपाली क्रिकेट टोलीका विकेटकिपर ब्याट्सम्यान विनोद भण्डारीले सोमपाल, करण र कुशलले काठमाडौं मेयर कप खेल्ने बताएका छन् । यी तीन प्रमुख खेलाडीको पूनरागमनले आर्मी झन बलियो, उत्कृष्ट र सन्तुलित बन्ने विश्वास गरिएको छ ।
उनीहरु तीनै जना विना आर्मीले गत महिना काठमाडौंमा सम्पन्न चौथो संस्करणको प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको थियो । त्यहि समयमा उनीहरु संयुक्त अरव इमिरेट्स (यूएई) मा टि१० लिग खेल्न गएका थिए ।
कुशल टिम आबूधाबी, सोमपाल मराठा अरेवियन्स र करण पुणे डेभिल्सबाट टि१० लिग खेलेका थिए । प्रमुख तीन खेलाडी विनानै आर्मीले नेपाल एपिएफ क्लबलाई फाइनलमा ३३ रनले हराउँदै प्रधानमन्त्री कप उपाधि जितेको थियो ।
सोमपालले टि१० लिगमा ६ खेलमा ३ विकेट लिएका थिए । करणले ६ खेलमा १ विकेट मात्र लिएका थिए । करणले टिम आबूधाबीमा ओपनर क्रिस गेलको विकेट लिएका थिए । कुशलले अन्तिम खेलमा कलन्दर्सविरुद्ध डेब्यू गर्दै राम्रो प्रभाव छाड्ने क्रममा १८ रन जोडेका थिए ।

काठमाडौं महानगरपालिकाको सहयोगमा क्यानले मेयर कप आयोजना गर्न लागेको हो । प्रतियोगिता फागुन २२ देखि २९ गते सम्म टियु र मुलपानी क्रिकेट मैदानमा हुने छ । आर्मीले पहिलो खेलमा एपिएफसँग फागुन २२ गते टियु मैदानमा प्रतिस्पर्धा गर्ने छ । आर्मीले दोस्रो खेल टियुमै फागुन २४ मा काठमाडौं मेयर ११ सँग खेल्ने छ । तेस्रो खेल आर्मीले फागुन २५ गते मुलपानीमा नेपाल पुलिस क्लबसँग खेल्ने छ ।
आर्मीले आफ्नो लिग चरणको अन्तिम खेल माघ २७ गते बागमती प्रदेशसँग टियुमा खेल्ने छ । पाँच टोली सहभागी यस प्रतियोगिता सिंगल राउन्ड रोविनपछि शीर्ष स्थानमा दुई टोली फाइनलमा उपाधिको लागि प्रतिस्पर्धा गर्ने छन् । फाइनल फागुन २९ गते टियु मैदानमा हुने छ ।
प्रधानमन्त्री कपको सेमिफाइनलमा पुगेका आर्मी, पुलिस, एपिएफ, बागतमीसँगै काठमाडौं मेयर ११ टोली रहेका छन् । काठमाडौं मेयर–११ मा प्रधानमन्त्री कप क्रिकेटमा उत्कृष्ट प्रर्दशन गर्ने बागमती बाहेक अन्य ६ प्रदेशका खेलाडी रहेका छन् ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]