5 years ago
March 3, 2021
एजेन्सी – स्पिनर एस्टन अगरले उत्कृष्ट बलिङ गर्दै एक्लै ६ विकेट लिएपछि न्युजिल्यान्डसँग तेस्रो टि२० खेलमा अष्ट्रेलियाले सानदार जित निकालेको छ । बुधबार अष्ट्रेलियाले न्युजिल्यान्डलाई ६४ रनले हराउँदै पाँच टि२० आई खेलको सिरिज २–१ को अवस्थामा पुर्याएको छ ।

जितको लागि २ सय ९ रनको विशाल विजयी लक्ष्य पछ्याएको न्युजिल्यान्ड १७.१ ओभरमा १ सय ४४ रनमा अल आउट भयो । न्युजिल्यान्डका ओपनर मार्टिन गुप्टिलले २८ बलमा २ चौका र ३ छक्का सहित सर्वाधिक ४३ रन बनाए । देभन कन्वेले २७ बलमा ५ चौका र १ छक्का सहित ३८ रन बनाए ।
टिम सिफर्ट ४, कप्तान केन विलियम्सन ९, ग्लेन फिलिप्स १३, काइल जामिसन ११ र मार्क चेपम्यानले १८ रन बनाउन बाहेक अन्यले राम्रो प्रर्दशन गर्न सकेनन् । अष्ट्रेलिया स्पिनर एस्टन अगरले ४ ओभरमा ३० रन खर्चेर ६ विकेट लिए ।
टि२० आईमा अष्ट्रेलियाबाट ६ विकेट लिने अगर पहिलो खेलाडी बनेका छन् । समग्रमा अगर टि२० आईमा ६ विकेट लिने चौथो खेलाडी हुन् । यसअघि भारतका तीव्र गतिका बलर दीपक चहर, स्पिनर युजभेन्द्र चहल र श्रीलंका स्पिनर अजन्था मेन्डिसले टि२० आईमा ६–६ विकेट लिएका थिए ।
डेब्यू खेल खेलेका तीव्र गतिका बलर राइली मेरीडिथले २, एडम जाम्पा र केन रिचर्डसनले १–१ विकेट लिए । त्यसअघि वेलिंग्टनमा टस हारेर ब्याटिङको निम्तो पाएको अष्ट्रेलियाले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा २ सय ८ रन बनाएको थियो ।
अष्ट्रेलिया ग्लेन म्याक्सवेलले ३१ बलमा ८ चौका र ५ छक्का सहित सर्वाधिक ७० रनको योगदान दिएका थिए । म्याक्सवेल टिम साउथीको १८ औं ओभरको अन्तिम बलमा स्विच हिट शट खेल्नेक्रममा इनसाइड एज लागेपछि विकेटकिपर टिम सिफर्टबाट क्याच आउट हुन पुगे ।

कप्तान आरोन फिन्चले ४४ बलमा ८ चौका र २ छक्का सहित ६९ रन जोडे । ओपनर म्याथ्यु वेड ५ रनमा आउट भएपनि तेस्रो नम्बरमा ब्याटिङ गरेका युवा ब्याट्म्यान जोश फिलिपेले २७ बलमा ३ चौका र १ छक्का सहित ४३ रन जोड्दै राम्रो सुरुवात दिलाएका थिए ।
स्पिनर ईस सोधीले दशौं ओभरको अन्तिम बलमा फिलिपे मार्टिन गुप्टिलबाट क्याच आउट हुन पुगे । दोस्रो विकेटका लागि फिलिपे र फिन्चले ५२ बलमा ८३ रनको साझेदारी गर्दै टोलीलाई बलियो योगफलतर्फ अघि बढाएका थिए ।
तेस्रो विकेटका लागि ग्लेन म्याक्सवेल र फिन्चले ६४ रनको साझेदारी गरेका थिए । १७ औं ओभरमा म्याक्सवेलले मध्यगतिका बलर जेम्श निसमलाई चार चौका र दुई छक्का सहित कुल २८ रन जोडेका थिए । मार्कस स्टोइनिस ९ र मिचेल मार्श ६ रनमा अविजित रहे ।
न्युजिल्यान्डका स्पिनर ईस सोधीले ४ ओभरमा ३२ रन खर्चेर २ विकेट लिए । टिम साउथी र ट्रेन्ट बोल्टले एक एक विकेट लिए । पहिलो र दोस्रो खेलमा न्युजिल्यान्ड क्रमशः ५३ र ४ रनले विजयी भएको थियो । चौथो खेल शुक्रबार हुने छ ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]