5 years ago
March 3, 2021
एजेन्सी – भारत र इंग्ल्यान्डबीचको चौथो तथा अन्तिम टेष्ट खेल बिहिबार अहमदाबादमा रहेको नरेन्द्र मोदी स्टेडियममा सुरु हुँदै छ । चार टेष्ट खेलको सिरिजमा भारतले २–१ को अग्रता लिएको छ ।

आइसिसी विश्व टेष्ट च्याम्पियनसिपको फाइनलमा पुग्न भारतलाई अन्तिम खेलमा जित वा बराबरी पर्याप्त हुने छ । भारत पराजित भएको खण्डमा अष्ट्रेलिया विश्व टेष्ट च्याम्पियनसिपको फाइनलमा पुग्ने समीकरण छ ।
पहिलो टेष्टमा २ सय २७ रनले विजयी भएको इंग्ल्यान्ड त्यसपछि लगातार दुई खेलमा पराजित हुँदै घरेलु मैदानमा हुने टेष्ट च्याम्पियनसिपको फाइनलमा पुग्ने अवसर गुमाएको थियो । इंग्ल्यान्ड दोस्रोमा ३ सय १७ र तेस्रो खेलमा १० विकेटले पराजित भएको थियो ।
इंग्ल्यान्ड अन्तिम खेलमा जितका साथ भारतको टेष्ट च्याम्पियनसिप फाइनलमा पुग्ने सपना अधुरै बनाउन चाहान्छ । तर भारतीय स्पिन आक्रामण सामु सहज भने हुने छैन ।
भारतीय स्पिनर रविचन्द्रन आश्विन र अक्षर पटेलको जोडी सामु इंग्ल्यान्डका ब्याट्सम्यान फ्लप भएका छन् । पछिल्ला दुई टेष्टको चार इनिङमा इंग्ल्यान्डबाट एक मात्र अर्धशतक बनेको छ । ज्याक क्रलीले तेस्रो टेष्टको पहिलो इनिङमा ५३ रन जोडेका थिए ।
अन्य कुनैपनि इंग्ल्यान्डका ब्याट्सम्यानले पछिल्ला दुई टेष्टमा सम्झन योग्य प्रर्दशन गर्न सकेनन् । ओपनर डोम सिब्ले, जोनी बेयरस्टो, रोरी बन्र्स, बेन स्टोक्स, ज्याक क्रली, ओली पोप, जस बटलर र बेन फोक्स लगायतका सबै ब्याट्सम्यान भारतसँगको टेष्ट सिरिजको सुरुवाती तीन खेलमा फ्लप भएका छन् ।
त्यसैले इंग्ल्यान्डको ब्याटिङ चिन्ता सबैभन्दा बढी अष्ट्रेलियालाई हुने छ । इंग्ल्यान्डको जितले मात्रै अष्ट्रेलिया फाइनलमा पुग्ने स्पष्ट समीकरण छ । कप्तान जो रुटले पहिलो टेष्टको पहिलो इनिङमा २ सय १८ रनको दोहोरो शतकीय इनिङ खेलेका थिए ।
दोस्रो र तेस्रो टेष्टमा रुटको प्रर्दशन राम्रो हुन सकेन । भारतका लागि स्पिनर रविचन्द्रन आश्विनले जारी सिरिजको तीन टेष्टमा २४ विकेट लिएका छन् । अर्का स्पिनर अक्षर पटेलले दोस्रो र तेस्रो टेष्ट खेलमा गरि कुल १८ विकेट लिई सकेका छन् । भारत अन्तिम खेलमा सहज जितका साथ फाइनलमा स्थान बनाउने सोचमा रहेको छ ।
न्युजिल्यान्ड विश्व टेष्ट च्याम्पियनसिपको फाइनलमा पुग्ने पहिलो टोली बनि सकेको छ । फाइनल आगमी जुन १८–२२ मा लर्ड्समा हुने छ ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]