default_image

5 years ago

March 3, 2021

सोनुलाई समेट्दै बागमतीको टोली घोषणा

248 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – अलराउन्डर सोनु तामाङलाई समेट्दै बागमती प्रदेशले शनिबार सुरु हुने काठमाडौं मेयर कप–२०७७ एकदिवसिय क्रिकेट प्रतियोगितालाई १५ सदस्य टोली घोषणा गरेको छ ।

बागमतीले गत महिना सम्पन्न चौथो संस्करणको प्रधानमन्त्री कप एकदिवसिय क्रिकेटमा रहेको टोलीबाट तीन परिवर्तन गरेको छ । प्रधानमन्त्री कपमा रहेका ब्याट्सम्यान विभत्सु थापा र लेगस्पिनर तिलकराज भण्डारी टोलीमा छैनन् ।

अलराउन्डर सोनु तामाङ, स्पिनर सोनु देवकोटा र सुबास खत्री बागमतीको टोलीमा मौका पाएका छन् । सुबास प्रधानमन्त्री कपमा वैकल्पिक सूचिमा थिए । बागमतीले प्रशिक्षक परिवर्तन गरेको छ । टोलीको प्रशिक्षकमा कलाम अली छन् । प्रधानमन्त्री कपमा बागमतीको प्रशिक्षक रिकेश लामा थिए ।

बागमती प्रधानमन्त्री कपमा सेमिफाइनलमा त्रिभुवन आर्मीसँग ९४ रनले पराजित भएको थियो । मेयर कप प्रतियोगिता फागुन २२ देखि २९ गते सम्म टियु र मुलपानी क्रिकेट मैदानमा हुने छ । बागमतीले आफ्नो पहिलो खेल मुलपानीमा फागुन २२ मा नेपाल पुलिस क्लबसँग खेल्ने छ । बागमतीले दोस्रो खेल फागुन २३ मा मुलपानीमानै काठमाडौं मेयर ११ सँग खेल्ने छ ।

फागुन २५ मा बागमतीले टियुमा एपिएफसँग खेल्ने छ । लिग चरणको अन्तिम खेल बागमतीले फागुन २७ मा आर्मीसँग खेल्ने छ । पाँच टोली सहभागी यस प्रतियोगिता सिंगल राउन्ड रोविनपछि शीर्ष स्थानमा दुई टोली फाइनलमा उपाधिको लागि प्रतिस्पर्धा गर्ने छन् । फाइनल फागुन २९ गते टियु मैदानमा हुने छ ।

बागमती प्रदेशको टोली : ज्ञानेन्द्र मल्ल (कप्तान), पारस खड्का, पृथु बास्कोटा (उपकप्तान), आदिल खान, ईशान पाण्डे, आकाश थापा, रामनरेश गिरी, नन्दन यादव, सोनु तामाङ, अरियो पौडेल, सोनु देवकोटा, बिपिन आचार्य, सुबास खत्री, दीपेश श्रेष्ठ र गौतम केसी

प्रशिक्षक : कलाम अली, टिम ब्यवस्थापक : सुरज सिलवाल

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.