default_image

5 years ago

March 3, 2021

एलपीएल : हिमालयन ह्वाइट हाउस र बाल बाटिका विजयी

142 views

0 Bookmark

धनगढी (हाम्रो खेलकुद) – धनगढीमा जारी विद्यालयस्तरीय राष्ट्रिय क्रिकेट प्रतियोगिता चण्डिका ग्रुप लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) मा बुधबार कैलालीको बाल बाटिका र काठमाडौँको हिमालयन ह्वाइट हाउस विजयी भएका छन् ।

पहिलो खेलमा बाल बाटिकाले बुटवलको न्यू एकेडेमीलाई ६ विकेटले पराजित गर्यो । टस जितेर पहिले ब्याटिङ गरेको न्यू एकेडेमीले १९.३ ओभरमा १ सय ११ रनमा अल आउट भएको थियो । न्यू एकेडेमीका लोकेश जोशीले ५१ रनको अर्धशतकीय इनिङ्स खेलेपनि टोलीको हार टार्न सकेनन् ।

अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा रन छुन सकेनन् । बाटिका कमल कुँवरले तीन विकेट लिए । हिमाल मल्ल, विशाल बिक्रम केसी र हेमन्त बुढाले समान २(२ विकेट लिए । कमल ओलीले एक विकेट लिए ।

जितका लागि १ सय १२ रनको विजयी लक्ष्य पछ्याएको बाल बाटिकाले १८.३ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । बाल बाटिकाको जितमा कमल ओलीले अविजित ३९, अभिषेक साउदले ३३ र विराट सिंह भण्डारीले ३० रनको योगदान दिए । न्यू एकेडेमीका सुमित पराजुली र सुबेस रावलले १-१ विकेट लिए ।

दोस्रो खेलमा ह्वाइट हाउसले शारदा विद्या निकेतनलाई ३५ रनले पराजित गर्यो । टस जितेर ब्याटिङ गरेको ह्वाइट हाउसले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ९२ रन बनाएको थियो । दीपक बोहराले ९३ र सुदिप बस्नेतले २३ रन बनाए ।

शारदाका अरुण धामीले २ तथा नागराज सिंह र दीपक रोकायाले १-१ विकेट लिए । जितका लागि १ सय ९३ रनको विजयी लक्ष्य पछ्याएको शारदाले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ५७ रन बनायो । शारदाका दीनेश ओडले ९० र अर्जुन साउँदले २३ रन बनाए ।

ह्वाइट हाउसको जितमा सन्दिप जंग शाहीले ४ र रजत तिमिल्सिनाले २ विकेट लिए । खेलका म्यान अफ द म्याच ह्वाइट हाउसका सन्दिप जंग शाही भए । यो जितसँगै हिमालयन ह्वाइट हाउस सेमिफाइनल नजिक पुगेको छ ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.