default_image

5 years ago

March 4, 2021

पोलार्डले हाने ६ बलमा ६ छक्का!

182 views

0 Bookmark

एजेन्सी – वेस्टइन्डिजका कप्तान काइरन पोलार्डले श्रीलंकाविरुद्ध पहिलो टि२० खेलमा ६ बलमा ६ छक्का प्रहार गरेका छन् । जारी पहिलो टि २० खेलमा पोलार्डले छैटौं ओभरमा ६ बलमा ६ छक्का प्रहार गरेका हुन् ।

जितको लागि १ सय ३२ रनको विजयी लक्ष्य पछ्याउने क्रममा पोलार्डले छैटौं ओभरमा श्रीलंका स्पिनर अलिका धनञ्जयलाई लगातार ६ बलमा ६ छक्का प्रहार गरेका हुन् । यसअघि धनञ्जयले खेलमा ह्याट्रिक लिएका थिए ।

धनञ्जयले चौथो ओभरमा ह्याट्रिक गरेका थिए । उनले चौथो ओभरको दोस्रो बलमा इभिन लुइस, तेस्रो बलमा क्रिस गेल र चौथो बलमा निकोलस पुरनलाई आउट गर्दै ह्याट्रिक लिएका थिए । पोलार्ड ११ बलमा ६ छक्का सहित ३८ रनमा आउट भएका छन् ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको श्रीलंकाले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ३१ रन बनाएको थियो । टि २० आई मा ६ बलमा ६ छक्का प्रहार गर्ने पहिलो खेलाडी भारतीय युवराज सिंह हुन् । युवराजले सन् २००७ मा भारतबाट इंग्ल्यान्डविरुद्ध प्रहार गरेका थिए ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.