5 years ago
March 4, 2021
एजेन्सी – इंग्ल्यान्डले भारतविरुद्ध चौथो तथा अन्तिम टेष्ट खेलमा पहिला ब्याटिङ गर्ने भएको छ । नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा इंग्ल्यान्डका कप्तान जो रुटले टस जित्दै पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन् ।

इंग्ल्यान्डले तेस्रो टेष्टबाट टोलीमा दुई परिवर्तन गरेको छ । तीव्र गतिका बलर जोफ्रा आर्चर र स्टुअर्ट ब्रोडको स्थानमा ड्यान लरेन्स र डोमिनिक बेसलाई मौका दिएको छ । लरेन्स ब्याट्सम्यान हुन् भने बेस स्पिनर हुन् । पिच स्पिनर सहयोगी हुँदा दुई तीव्र गतिका बलरलाई बेन्चमा राखेको छ । बेस तल्लोक्रममा राम्रो ब्याटिङको क्षमता पनि राख्छन् ।
भारतले एक परिवर्तन गरेको छ । जस्प्रित बुमराहको स्थानमा मोहम्मद सिरिजालाई खेलाएको छ । बुमराह ब्यक्तिगत कारण टोलीबाट नाम फिर्ता लिएपछि सिराजलाई मौका दिएको हो । चार टेष्ट खेलको सिरिजमा भारतले २–१ को अग्रता लिएको छ ।
आइसिसी विश्व टेष्ट च्याम्पियनसिपको फाइनलमा पुग्न भारतलाई यस खेलमा जित वा बराबरी पर्याप्त हुने छ । भारत पराजित भएको खण्डमा अष्ट्रेलिया विश्व टेष्ट च्याम्पियनसिपको फाइनलमा पुग्ने छ । पहिलो टेष्टमा २ सय २७ रनले विजयी भएको इंग्ल्यान्ड त्यसपछि लगातार दुई खेलमा पराजित हुँदै घरेलु मैदानमा हुने टेष्ट च्याम्पियनसिपको फाइनलमा पुग्ने अवसर गुमाएको थियो ।
इंग्ल्यान्ड दोस्रोमा ३ सय १७ र तेस्रो खेलमा १० विकेटले पराजित भएको थियो । न्युजिल्यान्ड विश्व टेष्ट च्याम्पियनसिपको फाइनलमा पुग्ने पहिलो टोली बनि सकेको छ । फाइनल आगमी जुन १८–२२ मा लर्ड्समा हुने छ ।
इंग्ल्यान्डको प्लेइङ ११ : डोमिनिक सिब्ले, ज्याक क्रली, जोनी बेयरस्टो, जो रुट (कप्तान), बेन स्टोक्स, ओली पोप, बेन फोक्स (विकेटकिपर), ड्यान लरेन्स, डोमिनिक बेस, ज्याक लेच र जेम्स एन्डरसन
भारतको प्लेइङ ११ : रोहित शर्मा, सुभमन गिल, चेतेश्वर पुजारा, विराट कोहली (कप्तान) अजिक्या रहाणे, ऋषभ पन्त, वासिन्टन सुन्दर, अक्षर पटेल, रविचन्द्रन आश्विन, ईशान्त शर्मा र मोहम्मद सिराज
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]