default_image

5 years ago

March 4, 2021

भारतविरुद्ध इंग्ल्यान्डको मध्यम प्रर्दशन

158 views

0 Bookmark

एजेन्सी – इंग्ल्यान्डले भारतसँगको चौथो तथा अन्तिम टेष्ट खेलमा मध्यम प्रर्दशन गरेको छ । पहिलो दिनको समाप्तिमा इंग्ल्यान्डले पहिलो इनिङमा १ सय ८१ रनको अग्रता लिएको छ ।

इंग्ल्यान्ड अल आउट भएपछि अन्तिम समयमा ब्याटिङ थालेको भारतले पहिलो इनिङमा १२ ओभरमा १ विकेट गुमाउँदै २४ रन बनाएको छ । भारतका ओपनर रोहित शर्मा ८ र चेतेश्वर पुजारा १५ रनमा अविजित छन् । युवा ओपनर सुभमन गिललाई पहिलो ओभरको तेस्रो बलमै जेम्स एन्डरसनले शून्यमा एलबिडब्लू आउट गर्दै पेभिलिएन फर्काए । एन्डरसनले बलिङ गरेको ५ ओभरनै मेडन राख्दै दबाब बनाएका छन् ।

त्यसअघि नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा टस जितेर पहिला ब्याटिङ थालेको इंग्ल्यान्ड पहिलो इनिङमा ७५.५ ओभरमा २ सय ५ रनमा अल आउट भएको थियो । इंग्ल्यान्डका अलराउन्डर बेन स्टोक्सले १ सय २१ बलमा ६ चौका र २ छक्का सहित सर्वाधिक ५५ रनको योगदान दिए । तल्लोक्रमका ब्याट्सम्यान ड्यान लरेन्सले ७४ बलमा ८ चौका सहित ४६ रन जोडे । जोनी बेयरस्टो २८ र ओली पोप २९ रनमा आउट भए । अन्य ब्याट्सम्यानको प्रर्दशन सम्झन लायक रहेन ।

स्पिनर अक्षर पटेलले छैटौं ओभरको दोस्रो बलमै सिब्लेलाई २ रनमा बोल्ड आउट गर्दै भारतलाई पहिलो सफलता दिलाएका थिए । अक्षरकै बलमा ठूलो सट खेल्ने धुनमा ज्याक क्रली ९ रनमा मोहम्मद सिराजबाट समातिन पुगे ।

१३ औं ओभरको पहिलो बलमा कप्ता जो रुटलाई मोहम्मद सिराजले ५ रनमा एलबिडब्लू आउट गर्दा इंग्ल्यान्ड ३०–३ को अवस्थामा पुगेको थियो । चौथो विकेटका लागि बेयरस्टो र स्टोक्सले ४८ रनको साझेदारी गर्दै इनिङ उकासेका थिए । बेयरस्टोलाई सिराजले एलबिडब्लू आउट गर्दै उक्त साझेदारी तोडे ।

बेयरस्टोले ६७ बलमा ६ चौका प्रहार गरे । पाँचौं विकेटका लागि स्टोक्सले ओली पोपसँग मिलेर ४३ रनको साझेदारी गरे । पोपलाई रविचन्द्रन आश्विनले सुभमन गिलबाट क्याच गराए । पोपले ८७ बल खेल्दै २ चौका प्रहार गरे ।

स्टोक्सलाई वासिन्टन सुन्दरले ४७ औं ओभरमा एलबिडब्लू आउट गरेपछि इंग्ल्यान्डको ठूलो योगफलको सम्भावना टाढिएको थियो । छैटौं विकेटका लागि पोपले लरेन्ससँग ४५ रनको साझेदारी गर्दै इनिङ उकासेका थिए । तर त्यसपछिका ब्याट्सम्यान मैदानमा टिक्न नसक्दा समस्तैमा समेटिएको हो ।

भारतका स्पिनर अक्षर पटेलले सर्वाधिक ४ विकेट लिए । रविचन्द्रन आश्विनले ३ र मोहम्मद सिराजले २ विकेट लिए । वासिन्टन सुन्दरको नाममा १ विकेट रह्यो । चार टेष्ट खेलको सिरिजमा भारतले २–१ को अग्रता लिएको छ ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.