5 years ago
March 4, 2021
एजेन्सी – पाकिस्तान सुपर लिग (पिएसएल) २०२१ तत्कालको लागि स्थगित भएको छ । बिहिबार विहान थप तीन खेलाडीमा कोभिड-१९ संक्रमण देखिएपछि पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) ले अनिश्चित समयको लागि स्थगित गरेको जनाएको छ ।

७ जनामा कोभिड १९ को संक्रमण देखिएपछि पिसिबीले बिहिबार आपतकालिन बैठकका साथ फ्रेन्चाइज टोलीसँग छलफल गर्दै स्थगित गरेको हो । ७ मध्य ६ खेलाडी रहेको पिसिबीले जनाएको छ ।
पिएसएल फेब्रुअरी २० सुरु भएको थियो । हालसम्म लिग चरणका १४ खेल सकिएका थिए । खेल तालिका अनुसार बिहिबार नेपाली लेगस्पिनर सन्दीप लामिछाने सम्मिलित लाहोर कलन्दर्सले इस्लामबाद युनाइटेडसँग खेल्ने कार्यक्रम थियो । सन्दीप पिएसएल खेल्न गत शनिबारमात्र कराँची तर्फ लागेका थिए । अफगानिस्तानका लेगस्पिनर राशिद खान राष्ट्रिय टोलीमा फर्किएपछि सन्दीपले मौका पाएका थिए ।
पिएसएलमा कराँची किंग्स ५ खेलमा ३ मा जित र २ मा हार सहित ६ अंकका साथ शीर्षस्थानमा छ । पेशावार जाल्मी ५ खेलमा ३ मा जित र २ मा हार सहित ६ अंकका साथ दोस्रा स्थानमा छ । इस्लामबाद युनाइटेड तेस्रो, लाहोर कलन्दर्स चौथो, मुल्तान सुल्तान पाँचौ र क्वेटा ग्याडियटर्स पुछारमा छन् ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]