default_image

5 years ago

March 5, 2021

मेयर कपको विजेताले पाँच लाख पाउने

155 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं मेयर कप–२०७७ को विजेताले पाँच लाख रुपैयाँ पाउने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार पत्रकार सम्मेलन गर्दै विजेताले पाँच र उप विजेताले ३ लाख रुपैयाँ प्राप्त गर्ने जनाएको छ ।

प्रतियोगिता सर्वोत्कृष्ट खेलाडी (प्लेयर अफ द टुनामेन्ट) ले ५० हजार पाउने छ । प्रतियोगिता सर्वोत्कृष्ट ब्याट्सम्यान र बलरले २५-२५ हजार पाउने छन् । प्रतियोगिता उदीयमान खेलाडीको अवार्ड भने दिइने छैन । क्यानका म्यानेजर विनोद दासले सबै प्रधानमन्त्री कप खेलेर आएका खेलाडी हुँदा उदीयमान खेलाडीको अवार्ड नराखिएको बताए ।

प्रत्येक खेलको प्लेयर अफ द म्याचले ५ हजार पाउने छन् । प्रत्येक खेलमा खेलाडीको म्याच फि २ हजार रहेको छ । खेलाडीको दुर्घटना विमा पनि हुने छ ।

प्रतियोगितामा माघमा सम्पन्न प्रधानमन्त्री कप पुरुष एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताका चार वटा सेमिफाइनलिस्ट टिमहरू त्रिभुवन आर्मी क्लब, नेपाल एपिएफ क्लब, नेपाल पुलिस क्लब र बागमती प्रदेशसँगै काठमाडौं महानगरपालिका काठमाडौं मेयर-११ टोली छन् । काठमाडौं मेयर-११ टोलीमा बागमती बाहेक अन्य ६ प्रदेशका खेलाडी छन् ।

क्यानले प्रधानमन्त्री कपमा राम्रो प्रर्दशन गरेका प्रदेशका खेलाडी मिलाएर काठमाडौं मेयर-११ टोली बनाएको छ । काठमाडौं मेयर-११ को कप्तानी नेपाली लेगस्पिनर सन्दीप लामिछानेले गर्ने भएका छन् । पाकिस्तान सुपर लिग खेल्न शनिबार कराँची गएका सन्दीप कोरोना कारण स्थगित भएपछि शुक्रवार नेपाल आइपुग्ने छन् ।

उद्धघाटन खेलमा आर्मी र एपिएफ शनिबार टियु मैदानमा प्रतिस्पर्धा गर्ने छन् । सिंगल राउन्ड रोविनको खेलपछि शीर्ष स्थानमा रहने दुई टोली फाइनलमा पुग्ने छन् । फाइनल फागुन २९ मा टियु मैदानमा हुने छ । यस प्रतियोगिता काठमाडौं महानगरपालिकाको आर्थिक सहयोगमा क्यानले आयोजना गर्न लागेको हो ।

क्यानलाई काठमाडौं महानगरपालिकाले मेयर कपको लागि ५० लाख रुपैयाँ प्रदान गर्ने छ । प्रतियोगिता प्रत्यक्ष प्रसारण एक्सन स्पोर्टस् एचडी च्यानलले गर्ने छ ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.