5 years ago
March 5, 2021
एजेन्सी – ओपनर ब्याट्सम्यान विरेन्द्र सहवागको विष्फोटक ब्याटिङमा भारत लेजेन्ड्सले रोड सेफ्टी विश्व टि२० सिरिजमा बंगलादेश लेजेन्ड्सलाई १० विकेटले पराजित गरेको छ ।

जितको लागि १ सय १० रनको विजयी लक्ष्य पछ्याएको भारत लेजेन्ड्सले १०.१ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्यो । भारतका ओपनर विरेन्द्र सहवाग ३५ बलमा १० चौका र ५ छक्का सहित ८० रनमा अविजित रहँदै टोलीलाई सानदार जित दिलाए । भारतीय पूर्व कप्तान सचिन तेन्दुलकर २६ बलमा ५ चौका सहित ३३ रनमा अविजित रहे ।
त्यसअघि शहिद वीर नारायण सिंह अन्तर्राष्ट्रिय स्टेडियम रायपुरमा टस जितेर पहिला ब्याटिङ थालेको बंगलादेश १९.४ ओभरमा १ सय ९ रनमा अल आउट भएको थियो । बंगलादेशका ओपनर नाजिमुद्दीन ३३ बलमा ८ चौका र १ छक्का सहित सर्वाधिक ४९ रन बनाए । जावेद ओमर र राजेन सालेहले १२–१२ रन बनाए । अन्यले राम्रो पर्दशन गर्न सकेनन् । भारतका युवराज सिंह, प्रज्ञान ओझा र विनय कुमारले २–२ विकेट लिए ।
यस सिरिज गतवर्ष मार्चमा सुरु भएपनि कोरोना भाइरसको कारण स्थगित हुन पुगेको थियो । शुक्रबार देखि पुन: सुचारु भएको छ । प्रतियोगितामा भारत, बंगलादेश, श्रीलंका, दक्षिण अफ्रिका, इंग्ल्यान्ड र वेस्टइन्डिजका लेजेन्डसबीच प्रतिस्पर्धा हुने छ ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]