default_image

3 years ago

March 6, 2021

एपिएफविरुद्ध आर्मीको मध्यम सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं मेयर कप–२०७७ को उद्धघाटन खेलमा त्रिभुवन आर्मी क्लबले नेपाल एपिएफ क्लबविरुद्ध मध्यम सुरुवात गरेको छ । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको आर्मीले २५ ओभरमा २ विकेट गुमाउँदै ९१ रन बनाएको छ । आर्मीका युवा ब्याट्सम्यान भिम सार्की १६ र रोहित कुमार पौडेल ६ रनमा अविजित छन् । […]

22 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं मेयर कप–२०७७ को उद्धघाटन खेलमा त्रिभुवन आर्मी क्लबले नेपाल एपिएफ क्लबविरुद्ध मध्यम सुरुवात गरेको छ ।

टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको आर्मीले २५ ओभरमा २ विकेट गुमाउँदै ९१ रन बनाएको छ । आर्मीका युवा ब्याट्सम्यान भिम सार्की १६ र रोहित कुमार पौडेल ६ रनमा अविजित छन् ।

आर्मीले ओपनिङ तीव्र गतिका बलर सोमपाल कामी र युवा आक्रामक ब्याट्सम्यान लोकेश बमलाई गराएको थियो । लोकेश र सोमपालले पहिलो विकेटका लागि १४.५ ओभरमा ६१ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । सोमपाललाई अनुभवी स्पिनर वसन्त रेग्मीले आसिफ शेखबाट २८ रनमा क्याच गराउँदै साझेदारी तोडेका थिए । सोमपालले ५३ बलमा २ चौका र २ छक्का प्रहार गरे ।

लोकेश २० औं ओभरको अन्तिम बलमा ठूलो सट खेल्नेक्रममा सुमित महर्जनबाट बाउन्ड्री नजिकै समातिन पुगे । दुवै ओपनर आउट भएसँगै एपिएफ खेलमा फर्किन खोजेको छ । लोकेशले ५१ बलमा ४ चौका प्रहार गरे ।

March 29, 2024

धनगढी र सिइसीको लगातार दोस्रो जित

सुमन अधिकारी, बुटवल धनगढी क्रिकेट क्लब र पल्सर क्रिकेट एक्सलेन्स सेन्टर (सिइसी) काठमाण्डौ रुपन्देहीमा जारी छैंटौं खड्ग प्रसाद गौचन मेमोरियल यु—१९ क्रिकेट प्रतियोगिता–२०८० मा शुक्रबार विजयी भएका छन् । समुह बी मा रहेका यी दुवै टोलीले लगातार दुई खेलमा जित हात पारेका छन् । पहिलो खेलमा धनगढी क्रिकेट क्लबले सेन्टर क्रिकेट एकेडेमी कास्कीलाई ३ विकेटले […]

March 29, 2024

इण्डो–नेपाल टि ट्वान्टी- मधेश र तालतला फाइनल भिड्ने

चितवन (हाम्रो खेलकुद)- मधेश प्रदेश र भारतीय टोली तालतला इन्स्टिटाइट कोलकाता चितवनको भरतपुरमा जारी इण्डो–नेपाल टि‌ ट्वान्टी च्याम्पियनसिप क्रिकेटको‌ फाइनलमा भिड्ने भएका छन्। गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा शुक्रबार भारतको क्षेत्रीय टोली पिएसआरए ग्रुप लखनउलाई २ विकेटले पराजित गर्दै मधेश फाइनलमा पुगेको हो। जितको लागि लखनउले दिएको १ सय ४८ रनको लक्ष्य मधेशले १९.४ […]

March 29, 2024

लोकेशको शतकका बाबजुद नेपाल ‘ए’ पराजित

काठमाडौं (हाम्रो खेलकुद) – ओपनर लोकेश बमको आक्रामक शतकका बाबजुद नेपाल ‘ए’ ले टि२० सिरिजको पहिलो खेलमा आयरल्यान्ड वल्भ्ससँग २१ रनले पराजित भएको छ । आयरल्यान्डले प्रस्तुत गरेको २ सय २३ रनको विजयी लक्ष्य पछ्याएको नेपाल ‘ए’ ले ३ बल अगावै २ सय १ रनमा अलआउट भयो । यससँगै वल्भ्सले सिरिजमा १-० को अग्रता लिएको […]

Success

Thank you for your time.