5 years ago
March 6, 2021
काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं मेयर कप–२०७७ एकदिवसिय क्रिकेट प्रतियोगितामा नेपाल एपिएफ क्लबले त्रिभुवन आर्मी क्लबमाथि एक विकेटको रोमान्चक जित हात पारेको छ ।

जितको लागि २ सय ३६ रनको विजयी लक्ष्य पछ्याएको एपिएफले ४९.४ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो । एपिएफका वसन्त रेग्मीले ७९ बलमा ३ चौका र १ छक्का सहित ४९ रनमा क्याच आउट भए । एपिएफलाई जितको लागि अन्तिम ओभरमा ७ रन चाहिँएको थियो । अभिनाश बोहराले दोस्रो बलमा सुशन भारीलाई छक्का प्रहार गर्दै जितको अधार तय गरे । अभिनाश बोहरा ७ र कमल सिंह ऐरी ४ रनमा अविजित रहे ।
युवा ब्याट्सम्यान सुमिज महर्जनले सर्वाधिक ६० रनको योगदान दिए । करण केसीले विनोद भण्डारीबाट क्याच गराउनु अघि सुमितले ७८ बलमा ८ चौका प्रहार गरे । एक समय ७.४ ओभरमा १६–४ को अवस्थामा पुगेको एपिएफका तल्लोक्रमका ब्याट्सम्यानले राम्रो प्रर्दशन गरेपछि उत्कृष्ट जित हात पारेको हो ।
चौथो ओभरको अन्तिम बलमा ओपनर सुबास खकुरेल ४ रनमा रन आउट हुन पुगे । सातौं ओभरको तेस्रो बलमा सोमपाल कामीले कप्तान शरद भेषावकरलाई शून्यमा सुशन भारीबाट क्याच गराए । आठौं ओभरको तेस्रो बलमा विक्रम सोबले आसिफ शेखबाट १२ रनमा विनोदबाट क्याच भए । लगत्तै अर्को बलमा सन्दीप जोरा शून्यमा एलबिडब्लू आउट भएपछि एपिएफ १६–४ को खराब अवस्थामा पुगेको थियो । पाँचौं विकेटका लागि शंकर राना र सुमित महर्जनले ५२ रनको महत्वपूर्ण साझेदारी गरे ।
शंकरलाई साहब आलमले कुशल मल्ललाई ३३ रनका क्याच गराउँदै साझेदारी तोडे । शंकरले ४३ बलमा ३ चौका र १ छक्का प्रहार गरे । सातौं विकेटका लागि वसन्त र सुमितले ७१ रनको उत्कृष्ट साझेदारी गरेपछि एपिएफको जितको सम्भावना बढेको थियो । आठौं विकेटका लागि वसन्तले अमरसिंह राउटेलासँग ६५ रनको साझेदारी गरेपछि आर्मी दबाबमा परेको थियो । अंमरले ३१ बलमा ४ छक्का र १ चौका सहित ३८ रनको महत्वपूर्ण योगदान दिए ।
सोमपाल कामीले ९.२ ओभरमा ३ मेडन सहित ४१ रन खर्चेर १ विकेट लिए । विक्रम सोबले १० ओभरमा ओभरमा ३ मेडन सहित २१ रन खर्चेर ३ विकेट लिए । करण केसीले २ विकेट लिए । लोकेश बम र साहब आलमले १–१ विकेट लिए ।
त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको आर्मी ५० ओभरमा २ सय ३५ रनमा अल आउट भएको थियो । आर्मीका युवा ब्याट्सम्यान रोहित कुमार पौडेलले ७८ बलमा ३ चौका सहित सर्वाधिक ५६ रनको योगदान दिए ।
आर्मीका ओपनर लोकेश बम र सोमपाल कामीले पहिलो विकेटका लागि १४.५ ओभरमा ६१ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । सोमपाललाई अनुभवी स्पिनर वसन्त रेग्मीले आसिफ शेखबाट २८ रनमा क्याच गराउँदै साझेदारी तोडेका थिए । सोमपालले ५३ बलमा २ चौका र २ छक्का प्रहार गरे । लोकेश २० औं ओभरको अन्तिम बलमा ठूलो सट खेल्नेक्रममा सुमित महर्जनबाट बाउन्ड्री नजिकै समातिन पुगे । लोकेशले ५१ बलमा ४ चौका प्रहार गरे ।
भिम सार्की ३५ बलमा २ चौका सहित १८ रनमा क्याच आउट भए । भिम आउट भएपछि मैदान छिरेका कप्तान विनोद भण्डारीले ४२ बलमा १ चौका र ३ छक्का सहित ४२ रनमा आउट भए । विनोदलाई ३९ औं ओभरको चौथो बलमा भुवन कार्कीले बोल्ड आउट गरे । तल्लोक्रमका ब्याट्सम्यानले भने ठूलो इनिङ खेल्न सकेनन् । कुशल मल्ल ११, राजेश पुलामी मगर १७, करण केसी २ र विक्रम सोब ४ रनमा आउट भए ।
एपिएफका तीव्र गतिका बलर अभिनाश बोहराले १० ओभरमा ४१ रन खर्चेर ३ विकेट लिए । अमर सिंह राउटेलाले १० ओभरमा १ मेडन सहित ३९ रन खर्चेर २ विकेट लिए । स्पिनर भुवन कार्कीले १० ओभरमा ६४ रन खर्चेर २ विकेट लिए । कमलसिंह ऐरी र वसन्त रेग्मीले १–१ विकेट लिए ।
आर्मीले दोस्रो खेल सोमबार काठमाडौं मेयर ११ सँग खेल्ने छ । एपिएफले दोस्रो खेलमा आइतबार टियु मैदानमा नेपाल पुलिससँग खेल्ने छ ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]