default_image

5 years ago

March 6, 2021

थरंगा र दिलशान चम्कँदा श्रीलंका सानदार जित

158 views

0 Bookmark

एजेन्सी – कप्तान तिलकरत्ने दिलशान र उपुल थरंगा चम्कँदा श्रीलंका लेजेन्ड्सले रोड सेफ्टी विश्व टि२० सिरिजमा वेस्टइन्डिज लेजेन्ड्सलाई ५ विकेटले पराजित गरेको छ ।

जितको लागि १ सय ५८ रनको विजयी लक्ष्य पछ्याएको श्रीलंका लेजेन्ड्सले १९ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्यो । श्रीलंका उपुल थरंगा ३५ बलमा ८ चौका सहित ५३ रनमा अविजित रहे । दिलशान ३७ बलमा ८ चौका सहित ४७ रनमा आउट भए । सनथ जयसूर्य १२ र चमरा सिल्भा २२ रनमा आउट भए । सिल्भा १५ बलमा २ चौका र १ छक्का प्रहार गरे । वेस्टइन्डिजका सुलिमान बेन र टिनो बेस्टले २–२ विकेट लिए । रायन अस्टिनले १ विकेट लिए ।

त्यसअघि शहिद वीर नारायणसिंह अन्तर्राष्ट्रिय स्टेडियम रायपुरमा टस हारेर पहिला ब्याटिङ थालेको वेस्टइन्डिजले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ५७ रन बनाएको थियो । वेस्टइन्डिज लेजेन्ड्सका कप्तान ब्रायन लारा ४९ बलमा ८ चौका सहित ५३ रनमा अविजित रहे ।

टिनो बेस्ट ११ बलमा ३ चौका सहित १८ रनमा अविजित रहे । ओपनर विकेटकिपर विलियम पर्किन्स १९ रनको योगदान दिए । श्रीलंका तिलकरत्ने दिलशान र चिन्थाक जयसिंघे १–१ विकेट लिए ।

यस सिरिज गतवर्ष मार्चमा सुरु भएपनि कोरोना भाइरसको कारण स्थगित हुन पुगेको थियो । प्रतियोगितामा भारत, बंगलादेश, श्रीलंका, दक्षिण अफ्रिका, इंग्ल्यान्ड र वेस्टइन्डिजका लेजेन्डसबीच प्रतिस्पर्धा हुने छ ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.