default_image

5 years ago

March 7, 2021

मेयर कपमा आज : सन्दीप र पारसबीचको प्रतिस्पर्धा

132 views

0 Bookmark

एजेन्सी – काठमाडौं मेयर कप–२०७७ एकदिवसिय क्रिकेट लिग दोस्रो दिन आइतबार काठमाडौं मेयर–११ र बागमती प्रदेशबीच प्रतिस्पर्धा हुँदैछ । खेल विहान ९:३० मा मुलपानी क्रिकेट मैदानमा सुरु हुनेछ ।

टियु मैदानमा नेपाल एपिएफ क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुँदै छ । मुलपानीको खेललाई निकै महत्वपूर्ण साथ हेरिएको छ । काठमाडौं मेयर–११ को कप्तानी नेपाली लेगस्पिनर सन्दीप लामिछाने र बागमती प्रदेशको ज्ञानेन्द्र मल्लले गर्ने छन् । यस खेललाई नेपाली क्रिकेट टोलीका प्रमुख खेलाडी पारस खड्का र सन्दीप लामिछानेबीचको प्रतिस्पर्धाको रुपमा समेत हेरिएको छ ।

पहिलो खेलमा बागमती नेपाल पुलिस क्लबसँग २ रनले पराजित हुन पुग्यो । मुलपानीमै भएको खेलमा ७३ रनको विजयी लक्ष्य पछ्याउने क्रममा बागमती ७० रनमा अल आउट भएको थियो । पारस खड्का शून्यमा आउट भएका थिए । कप्तान ज्ञानेन्द्र मल्लले २२ रन बनाएका थिए । मेयर ११ विरुद्ध पारस, ज्ञानेन्द्र र पृथु बास्कोटालाई उत्कृष्ट प्रर्दशन गर्न आवश्यक देखिन्छ । बलिङमा भने तीव्र गतिका बलर नन्दन यादवले ३ र स्पिनर अरियो पौडेलले ४ विकेट लिएका थिए ।

बागमतीले विपिन आचार्यको स्थानमा सोनु तामाङलाई मौका दिन सक्छ । सोनुले तल्लोक्रममा राम्रो ब्याटिङको क्षमता राख्छन् । पहिलो खेलबाट मुलपानीको पिचको बारे जानकार बागमतीका खेलाडीले त्यसको फाइदा उठाउन सक्छन् ।

यता काठमाडौं मेयर–११ टोलीमा गत महिना चौथो संस्करणको प्रधानमन्त्री कप क्रिकेटमा उत्कृष्ट प्रर्दशन गर्ने ६ प्रदेशका खेलाडी छन् । टोली मजबुत छ । ब्याटिङमा सन्दीप रजाली, अर्जुन कुमाल, सौरभ खनाल लगायतका खेलाडी छन् । काठमाडौं मेयर–११ को टोलीमा सन्दीपलाई प्लेइङ ११ छान्न कठिन पर्ने देखिन्छ ।

प्रधानमन्त्री कपमा उत्कृष्ट प्रर्दशन गरेका विवेक यादव बागमतीलाई घातक बन्न सक्छन् । सन्दीप तीन वर्षपछि घरेलु क्रिकेटमा फर्किदै छन् । सन्दीपलाई आफ्नो खेलाडीबारे त्यति धेरै जानकार भने छैन । जुन टोलीलाई घातक बन्न सक्छ ।

अर्को खेलमा टियुमा पुलिस र एपिएफ भिड्ने छन् । दुबै लगातार दोस्रो जितको खोजिमा छन् । पहिलो खेलमा पुलिसले बागमतीलाई २ रनले हराएको थियो । खराब ब्याटिङ गरेको पुलिसलाई दीपेन्द्रसिंह ऐरी र ललित नारायण राजवंशीले उत्कृष्ट बलिङका साथ जित दिलाएका थिए । पुलिसका ब्याट्सम्यानलाई जिम्मेवारी प्रर्दशन गर्न आवश्यक देखिन्छ ।

एपिएफले आर्मीलाई १ विकेटले हराएको थियो । २ सय ३६ रनको विजयी लक्ष्य पछ्याउने क्रममा ४–१६ को कमजोर अवस्थाबाट अन्तिम ओभरमा लक्ष्य पूरा गरेको थियो । एपिएफको जितमा सुमित महर्जन, अंमर सिंह राउटेला र वसन्त रेग्मीले उत्कृष्ट प्रर्दशन गरेका थिए । उक्त जितले एपिएफका खेलाडीको मनोबल उच्च छ । एपिएफका शीर्षक्रमका ब्याट्सम्यान शरद भेषावकर, सुबास खकुरेल र आसिफ शेखलाई आजको खेलमा उच्च प्रर्दशन गर्न आवश्यक देखिन्छ ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.