default_image

5 years ago

March 7, 2021

गुप्टिल चम्कँदा न्युजिल्यान्डलाई सिरिज उपाधि

123 views

0 Bookmark

एजेन्सी – ओपनर मार्टिन गुप्टिलको उच्च प्रर्दशनमा न्युजिल्यान्डले पाँचौं तथा अन्तिम टि२० आई खेलमा अष्ट्रेलियालाई ७ विकेटले पराजित गरेको छ । यो सँगै पाँच टि२० आई सिरिज न्युजिल्यान्डले ३–२ ले जितेको हो ।

आइतबार विहान जितको लागि १ सय ४३ रनको विजयी लक्ष्य पछ्याएको न्युजिल्यान्डले १५.३ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्यो । न्युजिल्यान्डको जितमा ओपनर मार्टिन गुप्टिलले ४६ बलमा ७ चौका र ४ छक्का सहित ७१ रनको विजयी इनिङ खेले ।

पहिलो विकेटका लागि मार्टिन गुप्टिल र देभन कन्वेले ११.५ ओभरमा १ सय ६ रनको उत्कृष्ट साझेदारी गरेपछि सहज जित हात पारेको हो । कन्वे २८ बलमा ३ चौका र १ छक्का सहित ३६ रनमा क्याच आउट भए । केन विलियम्सन गोल्डेन डक आउट हुँदा ग्लेन फिलिप्स ३४ रनमा अविजित रहे । फिलिप्स १६ बलमा ५ चौका र २ छक्का प्रहार गरे । अष्ट्रेलिया तीव्र गतिका बलर राइली मेरीडिथले २ र झेय रिचर्डसनले १ विकेट विकेट लिए ।

त्यसअघि स्टपाक स्टेडियम वेलिंग्टनमा टस जितेर पहिला ब्याटिङ रोजेको अष्ट्रेलियाले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ४२ रन बनाएको थियो । अष्ट्रेलिया म्याथ्यु वेडले २९ बलमा ३ चौका र २ छक्का सहित सर्वाधिक ४४ रनको योगदान दिए । कप्तान आरोन फिन्चले ३२ बलमा ५ चौका र १ छक्का सहित ३६ रनमा आउट भए । मार्कस स्टोइनिस २६, ग्लेन म्याक्सवेल १, मिचेल मार्श १० रनमा आउट भए ।

न्युजिल्यान्डका लेगस्पिनर ईश सोधीले ४ ओभरमा २४ रन खर्चेर ३ विकेट लिए । ट्रेन्ट बोल्ट र टिम साउथीले २–२ विकेट लिए । न्युजिल्यान्ड पहिलो खेलमा ५३ र दोस्रो खेलमा ४ रनले विजयी भएको थियो । तेस्रो र चौथो खेल अष्ट्रेलियाले ६४ रन र ५० रनले जितेको थियो ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.