default_image

5 years ago

March 7, 2021

एपिएफविरुद्ध दीपेन्द्रको अर्धशतक

128 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं मेयर कप–२०७७ एकदिवसिय क्रिकेट लिगमा नेपाल पुलिस क्लबका दीपेन्द्र सिंह ऐरीले नेपाल एपिएफ क्लबबिरुद्ध अर्धशतक प्रहार गरेका छन् ।

टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको पुलिसले ३४ ओभरमा ४ विकेट गुमाउँदै १ सय २१ रन बनाएको छ । पुलिसका दीपेन्द्र सिंह ऐरी ८० बलमा ५ चौका र १ छक्का सहित ५० रनमा अविजित छन् । दीपेन्द्रले ८० बलमा अर्धशत पूरा गरे । पवन सरार्फ १५ बलमा ३ छक्का सहित २२ रनमा अविजित छन् ।

कमजोर सुरुवात गरेको पुलिसलाई तेस्रो विकेटका लागि सुनिल धमला र दीपेन्द्रले ५९ रनको साझेदारी गर्दै इनिङ सम्हालेका थिए । धमलालाई २९ औं ओभरको दोस्रो बलमा शरद भेषावकरले ३३ रनमा बोल्ड आउट गरे । धमलाले ७२ बलमा २ चौका प्रहार गरे ।

पाँचौं ओभरको अन्तिम बलमा ओपनर कुशल भुर्तेल १० रनमा रन आउट भए । आठौं ओभरको अन्तिम बलमा तीव्र गतिका बलर अमर सिंह राउटेलाले अमित श्रेष्ठलाई १ रनमा सन्दीप जोराबाट क्याच गराउँदा पुलिस २२–२ को कमजोर अवस्थामा पुगेको थियो । कप्तान मन्जित श्रेष्ठ ३ रनमा आउट भए ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.