5 years ago
March 7, 2021
काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं मेयर–११ का कप्तान सन्दीप लामिछानेले काठमाडौं मेयर कप–२०७७ एकदिवसिय क्रिकेट लिगमा बागमती प्रदेशविरुद्ध विष्फोटक ब्याटिङ गरेका छन् ।

मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको मेयर–११ ले ४० ओभरमा ८ विकेट गुमाउँदै १ सय ८६ रन बनाएको छ । मेयर ११ का कप्तान सन्दीप लामिछानेले २० बलमा ६ छक्का ४२ रनमा क्याच आउट भएका छन् । सन्दीप नन्दन यादवको ४० औं ओभरको तेस्रो बलमा ठूलो सट खेल्ने धुनमा मिडअफमा ज्ञानेन्द्र मल्लबाट समातिन पुगेपछि अर्धशतक बनाउन चुकेका छन् । सौरभ खनाल १७ रनमा खेलि रहेका छन् ।
सन्दीप ३४ औं ओभरको चौथो बलमा सन्दीप रजाली आउट भएपछि मैदान छिरेका थिए । स्पिनर अरियो पौडेललाई आफूले सामना गरेको पहिलो बलमै छक्का प्रहार गर्दै सन्दीपले सुरुवात गरे ।
तीव्र गतिका बलर रामनरेश गिरीले पाँचौं ओभरको तेस्रो बलमा ओपनर हरि शंकर शाहलाई विकेटकिपर आकाश थापाबाट ६ रनमा क्याच गराउँदै पहिलो सफलता दिलाए ।
दशौं ओभरको चौथो बलमा विपिन रावल ईशान पाण्डेबाट ११ रनमा समातिन पुगे । तीव्र गतिका बलर नन्दन यादवको बलमा विपिन क्याच हुन पुगे । एक बलपछि नन्दनले युवा ओपनर अर्जुन कुमाललाई ८ रनमा बोल्ड आउट गरे ।

१३ औं ओभरको पहिलो बलमा रामनरेश गिरीले कृष्ण कार्कीलाई शून्यमा एलबिडब्लू आउट गर्दै ३७–४ को अवस्थामा पुर्याए । नन्दनले विवेक यादवलाई १४ औं ओभरको तेस्रो बलमा एक रनमा विकेटकिपर आकाश थापाबाट क्याच गराउँदै पेभिलिएन फर्काएपछि मेयर–११ को टोली ४३–५ को संकट अवस्थामा पुगेको थियो । तर त्यसपछिका ब्याट्सम्यानले भने इनिङ सम्हाले ।
छैटौं विकेटका लागि सिद्धान्त लोहनी र सन्दीप रजालीले ७१ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । स्पिनर अरियो पौडेलले ३२ औं ओभरको पहिलो बलमा सिद्धान्तलाई ३४ रनमा बोल्ड गर्दै साझेदारी तोडेका थिए । सिद्धान्तले ६७ बलमा ३ चौका प्रहार गरे । सन्दीप रजालीले ५८ बलमा ४ चौका प्रहार गरे ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]