default_image

5 years ago

March 7, 2021

दीपेन्द्रको सानदार शतकमा एपिएफलाई बलियो लक्ष्य

162 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – युवा ब्याट्सम्यान दीपेन्द्र सिंह ऐरीको सानदार शतकको सहयोगमा नेपाल पुलिस क्लबले काठमाडौं मेयर कप–२०७७ एकदिवसिय क्रिकेट लिगमा नेपाल एपिएफ क्लबलाई २ सय ५९ रनको बलियो लक्ष्य दिएको छ ।

टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको पुलिसले ५० ओभरमा ७ विकेट गुमाउँदै २ सय ५८ रन बनायो । दीपेन्द्रले १ सय ३१ बलमा ११ चौका र ६ छक्का सहित १ सय ४० रनको सानदार शतकीय इनिङ खेले ।

दीपेन्द्रले आफ्नो करिअरको पहिलो शतक अभिनाश बोहरालाई छक्का प्रहार गर्दै १ सय २० पूरा गरेका थिए । पहिलो अर्धशतक ८० बलमा पूरा गरेका दीपेन्द्रले त्यसपछि आफ्नो रनको गति बढाउँदै सानदार शतकीय इनिङ खेले ।

पाँचौं ओभरको अन्तिम बलमा ओपनर कुशल भुर्तेल १० रनमा रन आउट भए । आठौं ओभरको अन्तिम बलमा तीव्र गतिका बलर अमर सिंह राउटेलाले अमित श्रेष्ठलाई १ रनमा सन्दीप जोराबाट क्याच गराए । कप्तान मन्जित श्रेष्ठ ३ रनमा आउट भए ।


कमजोर सुरुवात गरेको पुलिसलाई तेस्रो विकेटका लागि सुनिल धमला र दीपेन्द्रले ५९ रनको साझेदारी गर्दै इनिङ सम्हालेका थिए । धमलालाई २९ औं ओभरको दोस्रो बलमा शरद भेषावकरले ३३ रनमा बोल्ड आउट गरे । धमलाले ७२ बलमा २ चौका प्रहार गरे । पवन सरार्फले ३० बलमा ४ छक्का सहित ३५ रनमा आउट भए । अनिल शाह १८ रनमा आउट भए ।


एपिएफका कप्तान शरद भेषावकरले १० ओभरमा ४२ रन खर्चेर ३ विकेट लिए । अभिनाश बोहराले २ र अमर सिंह राउटेला १ विकेट लिए

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.