default_image

5 years ago

March 7, 2021

सन्दीप र सौरभ चम्कँदा बागमतीलाई चुनौतीपूर्ण लक्ष्य

195 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – कप्तान सन्दीप लामिछाने र आक्रामक ब्याट्सम्यान सौरभ खनाल चम्कँदा काठमाडौं मेयर–११ ले मेयर कप–२०७७ एकदिवसिय क्रिकेट लिगमा बागमती प्रदेशलाई २ सय ४५ रनको लक्ष्य दिएको छ ।

मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको मेयर–११ ले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ४४ रन बनायो । सौरभ खनाल ५८ बलमा ६ चौका र १ छक्का सहित ४९ रनमा अविजित रहे । कप्तान सन्दीप लामिछानेले २० बलमा ६ छक्का ४२ रनमा क्याच आउट भए । सन्दीप नन्दन यादवको ४० औं ओभरको तेस्रो बलमा ठूलो सट खेल्ने धुनमा मिडअफमा ज्ञानेन्द्र मल्लबाट समातिन पुगे ।

तल्लोक्रमका विपिन खत्री ३० बलमा १ चौका र २ छक्का सहित ३२ रनमा रनमा आउट भए । एक समय ४३–५ को कमजोर अवस्थाबाट मेयर–११ ले उत्कृष्ट पूनरागमन गर्दै राम्रो योगफल बनाएको थियो ।

तीव्र गतिका बलर रामनरेश गिरीले पाँचौं ओभरको तेस्रो बलमा ओपनर हरि शंकर शालाई विकेटकिपर आकाश थापाबाट ६ रनमा क्याच गराउँदै पहिलो सफलता दिलाए । दशौं ओभरको चौथो बलमा विपिन रावल ईशान पाण्डेबाट ११ रनमा समातिन पुगे । तीव्र गतिका बलर नन्दन यादवको बलमा विपिन क्याच हुन पुगे । एक बलपछि नन्दनले युवा ओपनर अर्जुन कुमाललाई ८ रनमा बोल्ड आउट गरे ।


१३ औं ओभरको पहिलो बलमा रामनरेश गिरीले कृष्ण कार्कीलाई शून्यमा एलबिडब्लू आउट गर्दै ३७–४ को अवस्थामा पुर्याए । नन्दनले विवेक यादवलाई १४ औं ओभरको तेस्रो बलमा एक रनमा विकेटकिपर आकाश थापाबाट क्याच गराउँदै पेभिलिएन फर्काएपछि मेयर–११ को टोली ४३–५ को संकट अवस्थामा पुगेको थियो ।

छैटौं विकेटका लागि सिद्धान्त लोहनी र सन्दीप रजालीले ७१ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । स्पिनर अरियो पौडेलले ३२ औं ओभरको पहिलो बलमा सिद्धान्तलाई ३४ रनमा बोल्ड गर्दै साझेदारी तोडे । सिद्धान्तले ६७ बलमा ३ चौका प्रहार गरे । सन्दीप रजालीले ५८ बलमा ४ चौका प्रहार गरे ।

तीव्र गतिका बलर नन्दन यादवले १० ओभरमा १ मेडन सहित ४१ रन खर्चेर ४ विकेट लिए । रामनरेश गिरी र अरियो पौडेलले २–२ विकेट लिए । दीपेश श्रेष्ठले १ विकेट लिए ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.