5 years ago
March 7, 2021
एजेन्सी – १४ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) चैत अन्तिम देखि सुरु हुने भएको छ । आइपिएल चैत २७ देखि जेठ १६ (अप्रिल ९ देखि मे ३०) सम्म भारतका ६ सहरमा हुने भएको छ ।

आइपिएल अहमदाबाद, चेन्नई, दिल्ली, मुम्बई, कोलकाता र बेंगलोरमा हुने छन् । आइपिएल दुई वर्षपछि भारतमा हुन लागेको हो । गतवर्ष आइपिएल कोरोना महामारीको कारण संयुक्त अरव इमिरेट्स (यूएई) मा भएको थियो । उद्धघाटन खेल चेन्नईमा विराट कोहली कप्तान रहेको रोयल च्यालेन्जर्स बेंगलोर र रोहित शर्मा कप्तान रहेको साविक विजेता मुम्बई इन्डियन्सबीच प्रतिस्पर्धा हुने छ ।

आइपिएलमा लिगका कुल ५६ खेल हुने छन् । खेल नेपाली समय अनुसार दिउँसो ३ : ४५ र बेलुका ७ : ४५ पछि सुरु हुने छन् । लिग चरणको अन्तिम खेल मे २३ मा बेंगलोर र कोलकाताबीच हुने छ । आइपिएलका क्वालिफायर र फाइनल खेल नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा हुने छ ।
पहिलो क्वालिफायर २५ मे मा हुने छ । मे २६ मा एलिमिनेटर हुने छ । दोस्रो क्वालिफायर मे २८ मा हुने छ । फाइनल मे ३० मा अहमदाबादमा हुने छ । यो पटक कुनैपनि घरेलु टोलीले आफ्नो घरेलु (होम) मैदानमा खेल्न पाउने छैनन् ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]