5 years ago
March 26, 2021
एजेन्सी – इंग्ल्यान्डले भारतविरुद्ध दोस्रो ओडिआई खेलमा पहिला बलिङ गर्ने भएको छ । महाराष्ट्र क्रिकेट एसोसियसन स्टेडियम पुणेमा इंग्ल्यान्डका कप्तान जस बटलरले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएका हुन् ।

पहिलो खेलमा इंग्ल्यान्ड ६६ रनले पराजित भएको थियो । तीन ओडिआई सिरिज जित्ने सम्भावना कायमै राख्न इंग्ल्यान्डलाई आजको खेल जित्न पर्ने दबाब छ । घरेलु टोली भारत एक खेल अगावै ओडिआई सिरिज जित्न चाहन्छ । इंग्ल्यान्डले टोलीमा पहिलो ओडिआईबाट तीन परिर्वतन गरेको छ । पहिलो खेलबाट ओईन मोर्गन, साम विलिंग्स र मार्कवुडको स्थानमा इंग्ल्यान्डले डेविड मलान, लियाम लिभिङस्टोन र रिसी टोपलीलाई मौका दिएको छ । मोर्गन र विलिंग्स घाइते भएका थिए । मार्कवुडको स्थानमा टोपलीलाई मौका दिएको हो । भारतले टोलीमा एक परिवर्तन गरेको छ । पहिलो खेलमा घाइते भएका श्रेयस ऐरको स्थानमा ऋषभ पन्तलाई मौका दिएको छ ।

लिभिङस्टानले ओडिआई खेलमा डेब्यू गरेका हुन् । २७ वर्षिय लियाम लिभिङस्टानले घरेलु क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेपछि इंग्ल्यान्डले उनलाई भारत भ्रमणमा समेटेको थियो । बिग ब्यास लिगको यस सिजनमा पर्थ स्कोचर्सबाट १४ खेलमा ४ सय २६ रन बनाएका थिए । लिभिङस्टोनले ५५ लिष्ट ए मा १ शतक र १० अर्धशतक सहित १ हजार ५ सय ५२ रन बनाएका छन् । लिभिङस्टोन पार्टटाईम स्पिन बलिङ समेत गर्दछन् ।
इंग्ल्यान्डको प्लेइङ ११ : जेसन रोय, जोनी बेयरस्टो, लिभिङस्टोन, जस बटलर (विकेटकिपर/कप्तान), बेन स्टोक्स, डेविड मलान, मोईन अली, साम करण, टम करण, आदिल राशिद र रिसी टोपली ।
भारतको प्लेइङ ११ : रोहित शर्मा, शिखर धवन, विराट कोहली (कप्तान), लोकेश राहुल (विकेटकिपर), ऋषभ पन्त, हार्दिक पान्ड्या, क्रुनाल पान्ड्या, शार्दूल ठाकुर, भुवनेश्वर कुमार, कुलदीप यादव र प्रसिद्ध कृष्णा ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]