5 years ago
March 27, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले ललितपुर मेयर महिला च्याम्पियनसिप–२०७७ को लागि ललितपुर मेय- ११ को टोली घोषणा गरेको छ ।

नेपाली राष्ट्रिय महिला टोलीकी सदस्य समेत रहेकी सरस्वती चौधरीको कप्तानीमा १४ सदस्य टोली घोषणा गरेको हो । गत पुषमा दाङको लमहीमा सम्पन्न प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगितामा प्रदर्शन गरेको आधारमा क्यानले ललितपुरको टोली घोषणा गरेको छ । सेमिफाइनलमा पुग्न नसकेका टोलीबाट क्यानले टोली बनाएको हो । ललितपुरको टोलीमा सबैभन्दा बढी बागमती प्रदेशबाट ६ खेलाडी परेका छन् ।

प्रदेश २ बाट ५ खेलाडी अटेका छन् । कर्णाली प्रदेशबाट १ र गण्डकीबाट २ खेलाडी अटेका छन् । ललितपुर मेयर महिला च्याम्पियनसिप चैत २१ देखि २८ सम्म टियु मैदानमा हुँदै छ । ललितपुर मेयर ११ सँगै सेमिफाइनलमा पुगेका प्रदेश एक, नेपाल एपिएफ क्लब, सुदूरपश्चिम र लुम्बिनी प्रदेश छन् ।
ललितपुरले पहिलो खेल सुदूरपश्चिमसँग चैत २१ मा खेल्ने छ । दोस्रो खेल लुम्बिनीसँग चैत २२ मा खेल्ने छ । तेस्रो खेल ललितपुरले एपिएफसँग खेल्ने छ । चौथो खेल चैत २६ मा प्रदेश १ सँग खेल्ने छ । लिगपछि शीर्ष दुई टोली सेमिफाइनलमा पुग्ने छन् ।
ललितपुर ११ महिला टोली :
प्रदेश २ : सरस्वती चौधरी (कप्तान), कविता गौतम, विमला मगर, अनुराधा चौधरी र ओभा आले
बागमती प्रदेश : सुमन खतिवडा, आरति विडारी, केनुका बस्नेत, बिन्दा कटुवाल, कञ्चन श्रेष्ठ र अश्मिना कर्माचार्य
गण्डकी प्रदेश : एलिसा लामिछाने र सृष्टि पौडेल
कर्णाली प्रदेश : निशा पराजुली
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]