default_image

9 years ago

October 16, 2016

विराट र हार्दिकको उच्च प्रदर्शनमा भारत विजयी

195 views

0 Bookmark

धर्मशाला (एजेन्सी)– भारतले पहिलो आइतबार एक दिवसिय क्रिकेटमा न्यूजिल्यान्डलाई ६ विकेटले हराएको छ । १ सय ९१ रनको लक्ष्य पछ्याएको भारतले ३३.१ ओभरमा ४ विकेट गुमाएर १ सय ९४ रन बनाएको छ । विराट कोहलीले अविजित ८५ रन त्यसअघि डेब्यू गरेका हार्दिक पाण्डेयले ३१ रन खर्चेर ३ विकेट लिएका थिए । पाँच एक दिवसिय क्रिकेट श्रृखंलामा भारतले १–० ले अघि बढेको छ ।

India New Zealand Cricket

ओपनर रोहित शर्मा (१४) र अजिन्के राहाने (३३) ले पहिलो विकेटका लागि ४९ रनको साझेदारी गरेका थिए । शर्मालाई डाउग ब्रेसवेलले दसौं ओभरमा आउट गरेका थिए । रहानले ४ चौका र २ छक्का प्रहार गरेका थिए । उनी १२ औं ओभरमा जेम्स निसहमको बलमा आउट भएका थिए । १७ रन बनाएका मनीष पाण्डेले तेस्रो विकेटका लागि कोहलीसँग ४० रनको साझेदारी गरेका थिए । मनीष इश सोदीको बलमा आउट भएका थिए । कोहलीले ५५ बलमा एक दिवसिय क्रिकेटमा व्यक्तिगत ३७ औं अर्धशतक पुरा गरेका थिए । ८१ बल खेलेका उनले ९ चौका र १ छक्का प्रहार गरेका थिए । कोहलीले चौथो विकेटका लागि कप्तान महेन्द्र सिंह धोनी (२१) सँग ६० रनको साझेदारी गरेका थिए । तर २९ औं ओभरमा धोनी रनआउट भएपछि यी दुईको साझेदारी टुटेको थियो । केदार यादवले अविजित १० रन बनाए ।
यसै बर्ष ट्वान्टी २० विश्वकपमा कमजोर प्रदर्शन गरेपछि हार्दिक जिम्बावे भ्रमणमा टोलीमा पर्न सकेनन् । भारत एका लागि अस्ट्रेलिया भ्रमणमा उच्च प्रदर्शन गरेपछि उनी पुन टोलीमा समेटिएका थिए । हार्दिक म्यान अफ दी म्याच चुनिएका थिए ।
त्यसअघि न्युजिल्यान्डले भारत भ्रमणका दौरान लगातार चौथो पटक टस हारेको थियो । एक समय न्यूजिल्यान्डले ७ विकेटको क्षेतिमा मात्र ६५ रन बनाएको यिथो । हार्दिकले पहिलो स्पेलमा मार्टिन गुप्टिल (१२), कारे एन्डरसन (४) र लुक रोची (०) को विकेट लिएका थिए । अर्कोतर्फ उमेश यादलले २ विकेट लिने क्रममा काने विलियम्सन (३) र रोस टेलर (०) लाई आउट गरेका थिए । केदारले पनि २ विकेट लिएका थिए । त्यस्तै अमित मिश्राले ३ विकेट हात पारेका थिए ।
ओपनर टोम लाथम र बलर टिम साउथीको अर्धशतकमा न्यूजिल्यान्डले मध्यम स्कोर बनाएको थियो । लाथमले अविजित ७९ र साउथीले ५५ रन बनाएका थिए । न्युजिल्यान्डका ओपनिङ गरेर इनिङको अन्तिम सम्म ब्याटिङ गर्ने लाथम पहिलो खेलाडी हुन् । त्यसरी ब्याटिङ गर्ने उनी समग्रमा उनी दसौं खेलाडी हुन् । ६ चौका र ३ छक्का प्रहार गरेका साउथीले एक दिवसियमा पहिलो पटक अर्धशतक पुरा गरेका हुन् ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.