9 years ago
October 18, 2016
डोटी,कार्तिक २ गते ।
उधोग वाणिज्य संघ डोटीको आयोजनामा राजपुर दिपालयमा एकता कप क्रिकेट प्रतियोगिता सुरु भएको छ। प्रतियोगिताको सुदुरपश्चिमाञ्चल एकेडेमी एसपीएका निर्देशक तथा धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवाश शाहीले उद्घाटन गर्नु भयो।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष शाहीले उधोग वाणिज्य क्षेत्रमा सक्रिय उधोगी व्यापारीहरुको अग्रसरतामा प्रतियोगिता आयोजना हुनु सह्रानिय रहको बताउँनु भयो । प्रतियोगिताले दिपालय तथा समग्र सुदुरपश्चिमको आर्थिक गतिविधीमा पनि चहलपहल ल्याउने उदाहरण प्रस्तुत गर्दै शाहीले यस उदाहरणिय प्रतियोगिताको सिको सवै क्षेत्रले गर्नुपर्ने औल्याउँनु भयो ।
प्रतियोगितामा विभिन्न १६ टीमको सहभागिता रहेको आयोजकले जनाएको छ । क्लबस्तरिय प्रतियोगितामा विभिन्न टीमहरुबाट राष्ट्यिस्तरका खेलाडीहरुको पनि सहभागिता पनि रहेको छ । प्रतियोगिता सञ्चालनका लागी डोटी उधोग वाणिज्य संघको पहलमा खप्तड खेल मैदानको पनि निर्माण गरिएको छ । उक्त खेल मैदानमा नियमित क्रिकेट प्रतियोगिताहरु सञ्चालन गरिने आयोजकको भनाई रहेको छ ।
खेल मैदान निर्माणले यस क्षेत्रको क्रिकेट विकासमा महत्वपुर्ण योगदान पुर्याउने विश्वास धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवाश शाहीले व्यक्त गर्नुभयो । क्रिकेटलाई खेलमा मात्र सिमित राख्नु हुदैन, शाहीले थप्नुभयो, एउटा प्रतियोगिता आयोजना गर्दा त्यस क्षेत्रको व्यापार व्यवसायमा समेत बढोत्तरी हुन्छ । यसले आन्तरिक पर्यटकको विकासमा समेत टेवा पुग्ने शाहीले विश्वास व्यक्त गर्नुभयो ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]