9 years ago
October 19, 2016
काठमाडौं (हाम्रो खेलकुद)– आइसिसी महिला विश्वकप एसिया छनोटमा दोस्रो भएर मंगलबार हङकङबाट स्वदेश फर्केको महिला राष्ट्रिय क्रिकेट टोलीलाई युवा तथा खेलकुद मन्त्रालयले प्रोत्साहनस्वरुप खेलाडीसहित टोलीका सम्पूर्ण सबैलाई जनही २५ हजार रुपैयाँ प्रदान गर्ने भएको छ ।
बुधबार मन्त्रालयमा आयोजित खेलाडी सम्मान कार्यक्रममा युवा तथा खेलकुद मन्त्री दलजित श्रीपाइलीले पुरस्कारको घोषणा गरेका हुन् । छनोटमा दोस्रो हुँदै नेपाल नोभेम्बरमा थाइल्यान्डमा हुने एसिया कपका लागि छनोट भएको थियो । नेपाली क्रिकेट टोलीकी कप्तान रुविना क्षेत्रीले खेलाडीहरुको मनोवल उकास्न मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद सवै तर्फबाट सहयोग र प्रोत्साहन हुनु पर्ने बताईन् ।

मन्त्री श्रीपाइली खेलाडीले एसिया कपमा पनि विजय प्राप्त गर्ने विश्वास गरे । उनले खेलाडीहरुको जीवन विमा र स्वास्थ्य विमाको व्यवस्था समेत गर्नु पर्ने बताए ।
राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष लामा टेन्डी शेर्पाले नेपाली खेलकुदमा महिला खेलाडीहरुको उचाई बढ्दै गएकोमा खुसी व्यक्त गरे । नेपाली टोलीका प्रशिक्षक राजु बस्नेतले छोटो समयमा खेलाडी छनोट लगायत सम्पूर्ण व्यवस्थापन गर्नुपर्नाका वावजुद खेलाडीहरुले प्राप्त गरेको नतिजा प्रति आफु सन्तुष्ट रहेको बताए ।
कार्यक्रममा युवा तथा खेलकुद मन्त्रालयका सचिव महेश प्रसाद दाहाल र सह–सचिव चुडामणी पौडेल, राष्ट्रिय खेलकुद परिषदका सदस्यद्वय शैलेष कर्माचार्य र याम कुमारी गुरुङ्ग अस्मिता, प्रशासन विभाग प्रमुख मधुसुदन बस्नेत, ओलम्पियन संगिना बैद्य र दीपक विष्टको समेत उपस्थिती रहेको थियो ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]