5 years ago
April 8, 2021
काठमाडौं (हाम्रो खेलकुद) – मुलपानी क्रिकेट रंगशालामा जारी चौथो संस्करणको नेक्सस कप यू१६ टि२० क्रिकेट प्रतियोगिता अन्तर्गत विहिबार पहिलो खेल नेक्सस क्रिकेट एकेडेमी ए ले नेपाल अन्नपूर्ण युथ क्लब लाइ ४९ रन ले पराजित ग¥यो ।

दास्रो खेलमा हिमालयन क्रिकेट एकेडेमीले घोडाघोडी क्रिकेट एकेडेमी लाई ८ विकेट ले पराजित गर्यो । पहिलो खेलमा टस जितेर ब्यटिङ रोजेको नेक्सस क्रिकेट एकेडेमी ए ले निर्धारित २० ओेभरमा ७ विकेटको क्षतिमा १ सय ५१ रन बनाएको थियो । नरेन भट्टले २२ बलमा ९ चौका सहित सर्वाधिक ४२ रनको योगदान दिए । इन्द्र देउवाले ३१, भुपेन्द्र आचार्य १५, पप्पु राय १२ र लक्कि कठायतले ११ रनको योगदान दिए । अन्नपूर्ण युथ क्लब राज ठाकुर र मन्थन यादव ले समान २-२ विकेट लिएका थिए । सलमान अली र राजन जैसवालले १-१ विकेट लिएका थिए ।
जितको लागि १ सय ५२ रनको विजयी लक्ष्य पछ्याएको नेपाल अन्नपूर्ण युथ क्लबले १७ ओभरमा १ सय २ रनमा अल आउट भयो । आरिफ इकवालले ३८ बलमा ४१ रन बनाए । सुमित यादवले २६ रन र मन्थन यादव १० रन बनाउँदा अन्यले राम्रो प्रदर्शन गर्न सकेनन् । पप्पु राय र शिशिर थापा ले समान ३-३ विकेट लिए । समिर भट्ट ले २ विकेट, दिपेन्द्र यादव र नरेन भट्ट ले समान १-१ विकेट लिएका थिए ।
दोस्रो खेलमा टस जितेर ब्यटिङ रोजेको घोडाघोडी क्रिकेट एकेडेमीले १६.५ ओभरमा ६३ रनमा अल आउट भएको थियो । क्रिश शाहीले २१ बल खेल्दै सर्वाधिक १८ रन बनाए । सन्दीप विष्टले १५ रन र पुष्प उपाध्यायले १२ रन बनाएका थिए । अन्यले राम्रो प्रदर्शन गर्न सकेनन् । दीपक बोहोरा र सन्देश के सीले ४-४ विकेट लिए ।
जितको लागि ६७ रनको विजयी लक्ष्य पछ्याएको हिमालयन क्रिकेट एकेडेमीले १४.३ ओभर २ विकेटको क्षतिमा पूरा गर्यो । दीपक बोहोरा ले ५१ ब्लमा १ छक्का र ७ चौका सहित ५१ रन बनाए । लक्ष्मण देवकोटा र सन्दी बिष्ट ले समान १-१ विकेट लिएका थिए ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]