default_image

5 years ago

April 12, 2021

पाकिस्तानमाथि दक्षिण अफ्रिका सहज जित

129 views

0 Bookmark

एजेन्सी – घरेलु टोली दक्षिण अफ्रिकाले पाकिस्तानविरुद्ध दोस्रो टि२० आई खेलमा ६ विकेटको सहज जित निकालेको छ । योसँगै चार टि२० आई खेलको सिरिज १–१ को बराबरीमा पुगेको छ ।

जितको लागि १ सय ४१ रनको विजयी लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले १४ ओभरमै ४ विकेटको क्षतिमा पूरा गर्यो । दक्षिण अफ्रिका ओपनर एडेन माक्ररमले ३० बलमा ७ चौका र ३ छक्का सहित सर्वाधिक ५४ रनको योगदान दिए । कप्तान हेनरिक क्लासेन २१ बलमा ४ चौका र १ छक्का सहित ३६ रनमा अविजित रहे । ओपनर जानेमान मलान १५ र जर्ज लिन्डेले २० रनको योगदान दिए ।, पाकिस्तानका उस्मान कादिरले २, हसन अली र मोहम्मद हसनैनले १–१ विकेट लिए ।


त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको पाकिस्तानले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ४० रन बनाएको थियो । कप्तान बाबर आजमले ५० बलमा ५ चौका सहित ५० रन बनाए । बाबरले ४९ बलमा अर्धशतक पूरा गरेका थिए । जुन बाबरको टि२० आई करिअरकै सुस्त (ढिलों) अर्धशतक पर्दछ । पाकिस्तान क्रिकेट टि२० आई इतिहासको दोस्रो सुस्त अर्धशतक हो । यसअघि सोयब खानले सन् २००८ मा जिम्बावेविरुद्ध ५३ बलमा अर्धशतक पूरा गरेका थिए ।

मोहम्मद हफिज ३२, हैदर अली र हसन अलीले १२–१२ रन बनाए । अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् । दक्षिण अफ्रिका जर्ज लिन्डेले ४ ओभरमा २३ रन खर्चेर ३ विकेट लिए । लिजाड विलियम्सले ४ ओभरमा ३५ रन खर्चेर ३ विकेट लिए ।

पहिलो खेलमा पाकिस्तान ४ विकेटले विजयी भएको थियो । तेस्रो खेल बुधबार हुने छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.