default_image

3 years ago

April 15, 2021

सदाबहार साहब!

भुपेन्द्र जिसी, काठमाडौं कुनैपनि खेलाडीलाई राष्ट्रिय टोलीमा पर्न पहिला घरेलु वा उमेर समूहको प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्नुपर्छ । उत्कृष्ट प्रदर्शन र क्षमताले मात्र राष्ट्रिय टोलीमा परिन्छ भन्ने हुँदैन । टोलीमा उक्त भूमिका आवश्यक छ वा छैन त्यो बढी महत्वपूर्ण हुन्छ । आवश्यक छ भने छोटो समयमै अवसर पाउछ । छैन भने लामो समय धैर्यता र […]

56 views

0 Bookmark

भुपेन्द्र जिसी, काठमाडौं

कुनैपनि खेलाडीलाई राष्ट्रिय टोलीमा पर्न पहिला घरेलु वा उमेर समूहको प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्नुपर्छ । उत्कृष्ट प्रदर्शन र क्षमताले मात्र राष्ट्रिय टोलीमा परिन्छ भन्ने हुँदैन । टोलीमा उक्त भूमिका आवश्यक छ वा छैन त्यो बढी महत्वपूर्ण हुन्छ । आवश्यक छ भने छोटो समयमै अवसर पाउछ । छैन भने लामो समय धैर्यता र संघर्ष गर्नुपर्छ । प्रदर्शन मात्र होईन खेलाडीबीचको आन्तरिक प्रतिस्पर्धामा पनि छनोट हुने नहुने निर्भर रहन्छ ।

नेपाली क्रिकेटमा टोलीमा स्थान बनाउन कम प्रतिस्पर्धा छ । केहि वर्षयता त्यो क्रम झनै बढ्दो छ । यसैपनि लामो समयदेखि नेपाललाई स्पिनको उर्वर भूमिको रुपमा लिइन्छ । नेपालको प्रमुख हतियार अर्थात जितको आधार स्पिन आक्रमण नै हो । एक समय शक्ति गौचन, वसन्त रेग्मी र सञ्जम रेग्मी सुरुवाती ११ मा सँगै खेल्ने गर्दथे । सन् २००० को दशकमा नेपाली टोलीको प्रदर्शन हेर्दा यी तीनको प्रभाव प्रष्ट देखिन्छ ।

वसन्त र शक्तिले त डिभिजन ५ देखि ओडीआई सम्मको यात्रामा लामो समय खेले र उच्च प्रदर्शन पनि गरे । पछिल्लो समय सन्दीप, सुशन र ललित स्पिनरको रुपमा खेलि रहेका छन् । भौगलिक बनाबट, माटो र हाबापानीले पनि होला नेपाल मात्र होईन दक्षिण एसिया स्पिनरलाई धेरै सहयोगी मानिन्छ । नेपालमा सबैभन्दा बढी प्रतिस्पर्धा टोलीमा स्थान बनाउन स्पिनरको नै हुन्छ । स्पिनरलाई ब्याट्सम्यानलाई जस्तो स्थान बनाउन सहज छैन ।

युवा स्पिनर साहब आलम त्यसैका एक उदाहरण हुन् । उमेर समूह, फ्रेन्चाइज लिग र राष्ट्रिय प्रतियोगितामा सबैमा लगातार उत्कृष्ट प्रदर्शन गर्ने साहब नेपाली टोलीमा डेब्यूको प्रतीक्षामा छन् । घरेलु क्रिकेटमा जुन प्रदर्शन गरिरहेका छन् त्यसले साहब स्पिनर नभए यसअघिनै नेपालबाट खेलिसकेका हुन्थे । तर उक्त स्थानमा तीव्र प्रतिस्पर्धाका कारण टोलीमै पर्न उनी चुकिरहेका थिए ।

यसपटक भने त्रिकोणात्मक टि२० सिरिजमा साहबले पहिलो पटक सिनियर राष्ट्रिय टोलीमा स्थान बनाएका छन् । साहबसँगै यू१९ खेलेका सन्दीप जोरा, रोहित कुमार पौडेल, अनिल कुमार शाह, पवन सरार्फ, राशिद खान, कमलसिंह ऐरी, ललित नारायण राजवंशी, सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी लगायतका खेलाडीले भने यसअघि नै नेपालबाट खेलिसकेका छन् ।

गत माघमा त्रिभुवन आर्मी क्लबले नेपाल एपिएफ क्लबलाई ३३ रनले पराजित गर्दै प्रधानमन्त्री कप एक दिवसिय क्रिकेट प्रतियोगिता उपाधि जित्यो । उपाधि जिताउन महत्वपूर्ण योगदान दिएका साहबले ५ खेलमा १२ विकेट लिँदै प्रतियोगिता सर्वोत्कृष्ट बलर चुनिए ।

दुई साता अघि सम्पन्न काठमाडौं मेयर कप–२०७७ एकदिवसिय क्रिकेट लिगमा साहबले ४ खेलमा १३ विकेट लिएका थिए । मेयर कपमा साहबले च्याम्पियन पुलिसविरुद्ध ९ ओभरमा १ मेडन सहित ४५ रन खर्चेर ७ विकेट लिएका थिए । साहबले तेस्रो प्रधानमन्त्री कपमा ६ खेलमा १६ विकेट लिएका थिए । दोस्रो संस्करणको प्रधानमन्त्री कपमा ६ खेलमा १० विकेट लिए ।

‘म पहिला जुनियर थिए । त्यो बेला खासै ज्ञान थिएन । आर्मी टिममा आएपछि सिनियर टोलीबाट खेल्दा धेरै सहयोग पाइरहेको छु । विनोद, सोमपाल लगायतका सिनियर दाईहरुको सहयोग र अनुभवले राम्रो प्रदर्शन भई रहेको छ’, साहबले भने ।

‘धेरै नेपाली खेलाडीमा प्रदर्शनमा निरन्तरता पाइदैन । तर साहबले घरेलु क्रिकेटमा प्रतियोगितामा एक पछि अर्को गरि उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । मलाई जसरी पनि मैले राम्रो गर्दै टोलीलाई जिताउनु पर्छ भन्ने सोचि राख्छु’, उनले भने ।

साहबले फ्रेन्चाइज लिगमा पनि अब्बल आफ्नो प्रभाव छोड्दै आएका छन् । गत संस्करणको पोखरा प्रिमियर लिग (पिपिएल) मा कागजी रुपमा प्रतियोगिताकै कमजोर टोली विराटनगर टाइटन्सलाई अप्रत्यासित फाइनलमा पुर्याउन उनले एलिमिनेटरमा बुटवल ब्लास्टर्सविरुद्ध ४ ओभरमा २६ रन खर्चेर ३ विकेट लिएका थिए । बुटवलका तीनै विदेशी खेलाडीलाई आउट गर्दै प्लेयर अफ द म्याच चुनिएका थिए ।

साहबले आठौं राष्ट्रिय प्रतियोगितामा आर्मीबाट प्रदेश नम्बर ३ विरुद्ध ४ ओभरमा ३ मेडन सहित २ रन खर्चेर ६ विकेट लिएका थिए । आठौं राष्ट्रिय प्रतियोगितामा आर्मी च्याम्पियन बन्दा साहब उत्कृष्ट बलर चुनिएका थिए । साहबले खेलेका सबै प्रतियोगितामा राम्रो प्रर्दशन गरेका छन् । टोलीलाई उनले निराश बनाएका छैनन् । कर्णाली प्रिमियर लिग जिताउँदा होस् वा मनमोहन मेमोरियल एकदिवसिय क्रिकेट प्रतियोगिता आर्मी च्याम्पियन बन्दा । सबैमा साहबको प्रदर्शन राम्रो छ ।

लगातार राम्रो प्रर्दशन गर्दा राष्ट्रिय टोलीमा नपर्दा कहिले काहिँ चिन्ता लाग्नुको साथैं आफूसँगै रिस उठ्ने साहब बताउँछन् । ‘नपर्दा चिन्ता (टेन्सन) त परि नै हाल्छ । सिनियर टोलीमा दाईहरु म भन्दा राम्रो हुनुहुन्छ । मेरो पनि समय आउँछ । राम्रो गर्दा पनि टोलीमा परिएन भनेर आफू आफैंसँग रिसाउँछु । अब झन राम्रो गरेर देखाउन पर्यो भनेर इख लिदै चित्त बुझाउँछु’, उनले भने, ‘म आफूले आफूलाई शत प्रतिशत दिने सोच्छु ।’

‘नेपालबाट खेल्ने र टोलीलाई कसरी अगाडि बढाउने सोच र सपना छ । एक पटक परे भने आफूलाई सिद्ध गर्ने भरपुर प्रयास हुनेछ’, उनले भने ।

साहब आफ्नो प्रर्दशन राम्रो हुनुमा आर्मीको पनि ठूलो हात रहेको बताउँछन् । विभागमा सबै राष्ट्रिय टोलीका खेलाडी हुन्छन् । म भन्दा सिनियर छन् । धेरै कुरा सिक्न पाइन्छ । उनी तीन वर्ष अघिनै राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा परेका थिए । तर स्थान बनाउन सकिरहेका थिएनन् । साहब २०१७ देखि आर्मीबाट खेल्दै आएका छन् ।

साहबको जन्म बुबा लाल मोहम्मद अन्सारी र आमा निसाको तेस्रो सन्तानको रुपमा भैरहवामा २०५६ भदौं १० मा भएको हो । साहबको एक दाई, एक दिदी र एक बहिनी छिन् । साहबले २०६८ सालतिरबाट क्रिकेट खेल्न थालेका हुन् । उनी आफ्ना दाईको क्रिकेटबाट प्रभावित हुँदै सिक्न थालेका थिए । उनले लुम्बिनी खुकुरी क्रिकेट एकेडेमीबाट आफ्नो क्रिकेट यात्रा सुरु गरेका थिए ।

उनी आफ्नो दाईको खेलबाट प्रभावित बनेका थिए । उनका दाई तीव्र गतिका बलर थिए । यू१६ राष्ट्रिय प्रतियोगिता खेलेका उनका दाई पछि पढाइमा बढी केन्द्रित भए । त्यो ७, ८ वर्षको उमेरमा मलाई छुट्टै आनन्द आउँथ्यो । उनले भैरहवा हाइ स्कुलमा पढ्थे । ‘म अभ्यास गर्थें । एकदिन अन्तिम थापा दाईले मलाई आफ्नो टिममा लिनु भयो । दाईलाई मेरो खेल मन पर्यो । मैले पहिलो पटक यू१६ राष्ट्रिय प्रतियोगिता खेलेका थिए । उनले त्यो बेला कक्षा ८ मा थिएँ र भैरहवा पश्चिमाञ्चलमा पर्दथ्यो,’ उनले सुनाए ।

साहबले सन् २०१६ मा भएको पहिलो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) मा शक्ति गौचन कप्तान रहेको जगदम्बा राइनोजबाट खेलेका थिए । साहबले उक्त कलिलो उमेरमै ४ खेलमा ४ विकेट लिदै राम्रो सम्भावना देखाएपछि शक्तिले २०१७ मा धनगढीमा भएको पहिलो संस्करणको धनगढी प्रिमियर लिग (डिपिएल) को अक्सनमा रुपन्देही च्यालेन्जर्समा किनेका थिए । उक्त डिपिएलमा साहब सर्वाधिक विकेट लिने बलरको सुचिमा दोस्रो रहे ।

साहबले ७ खेलमा १६ विकेट लिदा सुशिल कंडेल १७ विकेटका साथ शीर्षस्थानमा थिए । साहब भन्दा पछि तीव्र गतिका बलर कृष्ण कार्की १३ र स्पिनर सन्दीप लामिछाने १२ विकेट लिएका थिए । उक्त डिपिएलमा उच्च प्रर्दशन गरेपछि आर्मीका कप्तान विनोद भण्डारीले टोलीमा राख्ने निर्णय लिएका थिए । त्यसयता करारमा (अस्थायी) साहब निरन्तर आर्मीबाट खेल्दै आएका छन् ।

डीपिएलमा उत्कृष्ट प्रर्दशन पछि साहब पहिलो पटक यू१९ टोलीमा परे । सिंगापुरमा भएको यू१९ विश्वकप छनोटमा ५ खेलमा १२ विकेट लिएका थिए । साहबले सिंगापुरविरुद्ध डेब्यू गरेका थिए । उक्त डेब्यू खेलमा साहबले ६ ओभरमा १ मेडन सहित १२ रन खर्चेर ३ विकेट लिएका थिए । कप्तान सन्दीप लामिछानेले ५ विकेट लिएपछि सिंगापुर ७३ रनमा अल आउट भएको थियो । नेपालले उक्त खेल १७.३ ओभरमा ६ विकेटको क्षतिमा पूरा गरेको थियो । उक्त प्रतियोगितामा नेपालका सन्दीप, ललित, दीपेन्द्र, पवन, रोहित, आसिफ, अनिल लगायतका खेलाडी खेलेका थिए ।

सन् २०१७ मा नेपालले मलेसियामा यू१९ एसिया कपमा भारतलाई १९ रनले हराउने क्रममा ४.१ ओभरमा ११ रन खर्चेर २ विकेट लिएका थिए । उनको यू१९ खेलेको त्यो नै अन्तिम खेल थियो । उमेरको कारण उनले एक वर्षमात्र यु१९ खेले । एक वर्षमा उनले बंगलादेश, मलेसिया र सिंगापुर भ्रमण गरेका थिए । साहबले पहिलो राष्ट्रिय प्रतियोगिता विराटनगरमा भएको सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७३ मा पश्चिमाञ्चल विकास क्षेत्रबाट खेलेका थिए । उनले क्षेत्रबाट खेलेको त्यहिँ एउटा प्रतियोगिता हो ।

साहब तीन वर्षदेखि सिनियर टोलीको बन्द प्रशिक्षणमा पर्ने र बाहिरिने गर्दै आएका थिए । पछिल्लो समय फागुनमा चैत्रमा ओमानमा तय भएको आईसिसी विश्वकप सुपर लिगको लागि राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा परेका थिए । पहिलो चरण हुँदै दोस्रोमा स्थान बनाएपनि सिरिज स्थगित हुन पुग्यो । उक्त सिरिज भएको भए सायद साहब पहिलो पटक नेपाली टोलीमा परिसकेका हुन्थे ।

यसपटक घरेलु मैदानमा हुने त्रिकोणात्मक सिरिजमा साहबले अन्तिम टोलीमा स्थान बनाएका छन् । चार वर्षदेखि निरन्तर उत्कृष्ट प्रर्दशन गर्दै आएका साहबले घरेलु समर्थकमाझ डेब्यु गर्ने अवसर पाउने बलियो सम्भावना छ । उक्त अवसरका लागि कुरिरहेका साहबले कीर्तिपुरको पिच राम्रोसँग बुझेका छन् । आएको यस मौकालाई भरपुर सदुपयोग गर्न साहब पूर्णरुपमा केन्द्रित छन् । नेपालको टोलीमा पर्न भन्दा पनि नियमित स्थान बनाउन बढी चुनौतीपूर्ण हुन्छ । यो पक्ष साहबलाई राम्रोसँग थाहा छ ।

May 5, 2024

सैनिक आवासियको जित

काठमाडौं (हाम्रो खेलकुद)– सैनिक आवासिय महाविद्यालयले जयकुमार नाथ स्मृति यु १६ अन्तर स्कुल क्रिकेटमा आइतबार जित हासिल गरेको छ । सैनिक आवासियले संस्कृती इन्टरनेसनल स्कुललाई ९० रनले हराएको छ । १ सय ९९ रनको लक्ष्य पछ्याएको संस्कृतीले २० ओभरमा ८ विकेटमा १ सय ८ रन मात्र बनाउन सक्यो । श्रीयांश अग्रवालले ३२ बलमा सर्वाधिक ४० […]

May 5, 2024

चेन्नाईको पञ्जाबविरुद्ध जित

एजेन्सी – इंडियन प्रिमियर लिग अन्तर्गत आईतबार भएको पहिलो खेलमा चेन्नाई सुपर किंग्सले पञ्जाब किंग्स माथि जित दर्ता गरेको छ । चेन्नाईले पञ्जाब माथि २८ रनको जित दर्ता गरेको हो । चेन्नाईले दिएको १६८ रनको लक्ष्य पछ्याएको पञ्जाबले २० ओभरमा ९ विकेटको क्षतिमा १३९ रन मात्र बनाउन सक्यो । पञ्जाबका लागि प्रभसिम्रन सिंहले २३ बलमा […]

May 4, 2024

नेपाल सिरिजको अन्तिम खेलमा विजयी  

काठमाडौँ (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ विरुद्धको टि-२० श्रृंखलाको अन्तिम खेलमा नेपाल विजयी भएको छ । एक खेल अगावै सिरिज गुमाएको नेपाल अन्तिम खेलमा भने ६ विकेटले विजयी भएको हो । नेपालले पाएको १७३ रनको लक्ष्य नेपालले  ४ विकेट गुमाएर ७ बल बाँकी छँदै पुरा गर्यो । नेपालको जितमा अनिल साहले ४५ बलमा ५८ […]

Success

Thank you for your time.