default_image

5 years ago

April 13, 2021

कोलकाताविरुद्ध खेल्दै क्विन्टन डी कक

129 views

0 Bookmark

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को पाँचौं खेलमा मुम्बई इन्डियन्सविरुद्ध कोलकाता नाइट राइडर्सले पहिला फिल्डिङ गर्ने भएको छ ।

चेन्नईमा सम्पन्न टसमा कोलकाता कप्तान ओईन मोर्गनले जितेर पहिला बलिङ गर्ने निर्णय लिएका छन् । मोर्गनले आजको खेलमा टोलीमा कुनै परिवर्तन नगरेको जनाएका छन् । मुम्बईले टोलीमा एक परिवर्तन गरेको छ । ओपनर तथा विकेटकिपर क्विन्टन डी कक टोलीमा फर्किएका छन् । क्रिस लिनको स्थानमा डि ककलाई मुम्बईले मैदान उतारेको छ । पहिलो खेलमा बेंगलोरविरुद्ध लिनले ४९ रन जोडेका थिए । पहिलो खेलमा डि कक क्वारेन्टाइनको कारण टोलीमा उपलब्ध नहुँदा लिनले मौका पाएका थिए ।

पहिलो खेलमा कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदराबादलाई १० रनले पराजित गरेको थियो । मुम्बई पहिलो खेलमा रोयल च्यालेन्जर्स बेंगलोरसँग २ विकेटले पराजित भएको थियो ।

कोलकाता प्लेइङ ११ : सुभमन गिल, नितिश राना, राहुल त्रिपाठी, आन्द्रे रसेल, ओईन मोर्गन (कप्तान), दिनेश कात्तिक, सकिब अल हसन, प्याट कमिन्स, प्रसिद्ध कृष्णा, हरभजन सिंह र बरुण चक्रबर्ती

मुम्बईको प्लेइङ ११ : रोहित शर्मा (कप्तान), क्विन्टन डी कक, सूर्यकुमार यादव, ईशान किशन, हार्दिक पान्ड्या, काइरन पोलार्ड, क्रुनाल पान्ड्या, मार्को जानसेन, राहुल चहर, ट्रेन्ट बोल्ट र जस्प्रित बुमराह ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.