5 years ago
April 14, 2021
एजेन्सी – राजस्थान रोयल्सका प्रमुख हतियार तथा इंग्ल्यान्डका स्टार अलराउन्डर बेन स्टोक्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ का बाँकी सबै खेल गुमाउने भएका छन् ।

पहिलो खेलमा पन्जाब किंग्सविरुद्ध खेल्ने क्रममा घाइते भएका स्टोक्सले बाँकी खेल गुमाउने भएपछि राजस्थानलाई ठूलो धक्का लागेको छ ।पहिलो खेलमा स्टोक्सको दायाँ हातको माइली औंला भाचिँएपछि स्टोक्सले बाँकी खेल गुमाउने भएका हुन् । स्पिनर रियान परागको बलमा क्रिस गेल बेन स्टोक्सबाट दशौं ओभरको पाँचौं बलमा क्याच आउट भएका थिए । स्टोक्सले उक्त क्याच लिनेक्रममा चोट लाग्न पुगेको थियो ।
स्टोक्स पहिलो खेलमा ओपनिङ गर्दै शून्यमा क्याच आउट भएका थिए । राजस्थानका ओपनर स्टोक्स ब्याटिङसँगै तीव्र गतिको बलिङमा भरपर्दा खेलाडी थिए । स्टोक्स आफ्नो उत्कृष्ट प्रदर्शनमा एक्लै सहज जिताउन सक्ने क्षमता भएका खेलाडी हुन् । इंग्ल्यान्डका तीव्र गतिका बलर जोफ्रा आर्चरले पनि सुरुवाती आइपिएलमा उपलब्ध हुन सक्ने छैनन् ।
स्टोक्सको अनुपस्थितमा राजस्थानले लियाम लिभिङस्टोनलाई ओपनिङ गराउन सक्छ । डेविड मिलर पनि विकल्पमा रहने छन् । स्टोक्सले गत सिजनमा बुबा बिरामीको कारण सुरुवाती ६ खेल गुमाएका थिए । ६ खेल पछि उपलब्ध स्टोक्सले उत्कृष्ट प्रदर्शन गरेपनि लिग चरणबाटै राजस्थान बाहिरिनु परेको थियो ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]