5 years ago
April 14, 2021
एजेन्सी – रोयल च्यालेन्जर्स बेंगलोरले इन्डियन प्रिमियर लिग (आइपिएल) मा लागातार दोस्रो जित हात पारेको छ । बुधबार राती सम्पन्न खेलमा सनराइजर्स हैदराबादलाई ६ रनले पराजित गर्दै लगातार दोस्रो जित निकाल्न सफल भएको हो ।

जितका लागि १ सय ५० रनको विजयी लक्ष्य पछ्याएको हैदराबादले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ४३ रन बनायो । हैदराबादका कप्तान डेविड वार्नरले ३७ बलमा ७ चौका र १ छक्का सहित सर्वाधिक ५४ रनको योगदान दिए । मनिष पाण्डेले ३९ बलमा २ चौका र २ छक्का सहित ३८ रन बनाए । राशिद खान ९ बलमा १ चौका र १ छक्का सहित १७ रनमा रन आउट भए । अन्य ब्याट्सम्यानले भने राम्रो प्रदर्शन गर्न सकेनन् । अद्धिमान शाह १, जोनी बेयरस्टो १२, अब्दुल सामद शून्य, विजय शंकर ३ र जेसन होल्डर ४ रनमा आउट भए ।

बेंगलोरका शहवाज अहमदले २ ओभरमा ७ रन खर्चेर ३ विकेट लिए । मोहम्मद सिराज र हर्षल पटेलले २–२ विकेट लिए । काइल जामिसनको नाममा १ विकेट रह्यो ।
त्यसअघि चेन्नईमा टस हारेर पहिला ब्याटिङ थालेको बेंगलोरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ४९ रन बनाएको थियो । बेंगलोरका ग्लेन म्याक्सवेलले ४१ बलमा ५ चौका र ३ छक्का सहित सर्वाधिक ५९ रनको योगदान दिए ।
बेंगलोरको टोलीमा पूनरागमन गरेको युवा ओपनर देवदत्त पाडिक्कललाई तेस्रो ओभरको पाँचौं बलमा भुवनेश्वर कुमारले ११ रनमा शहबाज नदिमबाट क्याच गराउँदै पहिलो विकेट लिएका थिए । सातौं ओभरको पहिलो बलमा शहवाज अहमदलाई नदीमले राशिद खानबाट १४ क्याच आउट हुन पुगे ।
१३ औं ओभरको पहिलो बलमा कप्तान विराट कोहली विजय शंकरबाट ३३ रनमा क्याच आउट भएपछि बेंगलोर दबाबमा परेको थियो । कोहलीले २९ बलमा ४ चौका प्रहार गरे ।

१४ औं ओभरको चौथो बलमा स्पिनर राशिद खानले एवि डिभिलियर्सलाई डेविड वार्नरबाट १ रनमा आउट आउट गराएपछि हैदराबाद खेलमा हाबी बनेको थियो । वासिन्टन सुन्दर ८ र ड्यानियल क्रिष्टियन १ रनमा क्याच आउट हुँदा बेंगलोर १०९–६ को कमजोर अवस्थामा पुगेको थियो । काइल जामिसन १२ रनमा क्याच आउट भए ।
स्पिनर राशिद खानले ४ ओभरमा १८ रन खर्चेर २ विकेट लिए । जेसन होल्डरले ४ ओभरमा ३० रन खर्चेर ३ विकेट लिए । टि नटराजन, भुवनेश्वर कुमार र शहवाज नदिमको नाममा १–१ विकेट रह्यो ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]