5 years ago
May 5, 2021
भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहली वर्तमान समयका एक उत्कृष्ट ब्याट्सम्यान हुन् । उनको चर्चा परिचर्चा समय समयमा हुने गर्दछ । विराट, अष्ट्रेलिया ब्याट्सम्यान स्टिभ स्मिथ, न्युजिल्यान्डका कप्तान केन विलियम्सन र इंग्ल्यान्डका कप्तान जो रुटलाई विश्व क्रिकेटका शीर्ष चार खेलाडी भन्ने गरिन्छ ।

यी चार खेलाडीबीच को उत्कृष्ट भन्ने समय समयमा बहस चल्ने गर्दछ । पछिल्लो समय पाकिस्तानका कप्तान बाबर आजमको चर्चा निकै बढी छ । गत मंगलबार बाबरले विराट कोहलीको अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को ओडिआई वरियतामा ४१ महिनादेखि राज अन्त्य गर्दै बाबर शीर्ष स्थानमा उक्लिएपछि यी दुई ब्याट्सम्यानमा को उत्कृष्ट भन्ने बहस पुन चल्न थालेको छ ।
संयोगनै मान्नुपर्छ त्यसैदिन बाबरले दक्षिण अफ्रिकाविरुद्ध टि२० आई खेलमा १ सय २२ रनको उत्कृष्ट शतकीय इनिङ खेल्दै टोलीलाई ९ विकेटको सानदार जित दिलाए । विराट टि२० आईमा हालसम्म शतक विहिन छन् ।

वरियता कुनैपनि खेलाडीको स्तर मापन गर्ने सहि आधार मान्न सकिन्न । वरियता नखेलेपनि बढ्ने र घट्ने गर्दछ । तर शीर्षस्थानमा पुग्न भने विश्व क्रिकेटमा सर्वोत्कृष्टनै प्रदर्शन गर्नुपर्छ । यसमा भने कुनै शंका छैन । बाबरले अन्तर्राष्ट्रिय क्रिकेटमा पाकिस्तानबाट जिम्बावेरुद्ध २०१५ मा ओडिआईमा डेब्यू गरेका थिए ।
विराट कोहलीले २००८ मा श्रीलंकाविरुद्ध ओडिआईमा डेब्यू गरेका थिए । विराटले डेब्यू गरेको ७ वर्षपछि बाबरले गरेका थिए । विराट डेब्यू खेलको ९ वर्षपछि पहिलो पटक ओडिआई वरियतामा शीर्षस्थानमा उक्लिएका थिए । बाबर ६ वषमै ओडिआई वरियताको शीर्ष स्थानमा पुगेका थिए । बाबर टि२० आई खेलेको तीन वर्षमै २०१९ मा शीर्षस्थानमा थिए ।

वर्तमान समयमा आइसिसी वरियतामा तीनै शैलीमा शीर्ष १० भित्र पर्ने यी दुई ब्याट्सम्यान मात्र हुन् । टेष्टमा विराट, ओडिआई र टि२० आईमा बाबर अघि छन् । आइसिसीको वरियता अनुसार टेष्टमा विराट पाँचौं र बाबर छैटौं स्थानमा छन् ।
बाबर टि२० आईमा तेस्रो स्थानमा रहँदा कोहली पाँचौं स्थानमा छन् । ओडिआईमा बाबर शीर्ष र विराट दोस्रो स्थानमा छन् । ओडिआई र टि२० आई तथ्याङ्कमा भने विराट भन्दा बाबर अघि देखिन्छन् ।

समान ७८ ओडिआई खेलमा ओडिआई वरियतामा शीर्षस्थानमा उक्लिएका छन् भने उक्त समय विराट तेस्रो स्थानमा थिए । बाबरले ३ हजार ८ सय ८ रन बनाउँदा कोहलीले ३ हजार १ सय रन मात्र बनाएका थिए । अर्थात बाबर भन्दा ७ सय ८ रनले पछि छन् । औसत र स्ट्राइक रेटमा पनि विराट भन्दा बाबर अघि रहे ।
बाबरको औसत ५६.८३ को औसतमा रन जोड्दा विराटले ४५.५८ को औसतमा बनाएका थिए । विराटको ८३.२६ रहँदा बाबरको स्ट्राइक रेट ८८. ७० थियो । बाबरले १३ शतक प्रहार गर्दा विराटले ८ शतक मात्र प्रहार गरेका थिए । अर्धशतकमा भने बाबर भन्दा विराट अघि थिए । विराटले २० र बाबरले १७ अर्धशतक प्रहार गरेका थिए । उत्कृष्ट प्रदर्शन बाबरको १ सय २५ अविजित रहँदा विराटको १ सय १८ रन थियो ।
विश्वकप २०१९ मा बाबरनै अघि
सिरिज, अन्य प्रतियोगिता भन्दा विश्वकपको दबाब निकै भिन्न हुने गर्दछ । विश्वकप खेलाडीको असली परिक्षा हो । सन् २०१९ मा इंग्ल्यान्डमा भएको एकदिवसिय विश्वकपमा पाकिस्तान लिग चरण र भारत सेमिफाइनलबाट बाहिरिएको थियो । पाकिस्तानको टोली कागजी रुपमा कमजोर हुँदा भारत उपाधि दाबेदार थियो ।
टोली कमजोर हुँदा प्रमुख खेलाडीलाई दबाब बढी हुन्छ । उक्त विश्वकपमा विराट भन्दा बाबरको प्रदर्शन उत्कृष्ट थियो । बाबरले भने पाकिस्तानको नेतृत्व पाई सकेका थिएनन् ।

बाबरले ८ खेलमा १ शतक र ३ अर्धशतक सहित ४ सय ७४ रन बनाएका थिए । जसक्रममा बाबरले न्युजिल्यान्डविरुद्ध कठिन अवस्थामा १ सय १ रनको उत्कृष्ट अविजित शतकीय इनिङ खेलेका थिए ।
बाबरको कभर ड्राइभ सटले जो कोहीलाई पनि प्रभावित पार्ने गर्दछ । विश्वकपमा विराटले ९ खेलमा पाँच अर्धशतक सहित ४ सय ४३ रन बनाएका थिए । उत्कृष्ट प्रदर्शन ८४ थियो ।

हालसम्म बाबरले ३१ टेष्ट, ८० ओडिआई र ५० टि२० आई खेलेका छन् । विराटले ९१ टेष्ट, २ सय ५४ ओडिआई र ८९ टि२० आई खेलेका छन् । टि२० आईमा बाबरले भन्दा विराटले ४९ खेल धेरै खेलेका छन् । जुन बाबरले खेलेको कुल खेल मध्य एकमात्र कम हो ।
विराटले टि२० आईमा २८ अर्धशतक सहित कुल ३ हजार १ सय ५९ रन बनाएका छन् । बाबरले १ हजार ९ सय १६ रन बनाएका छन् । जसमा १ शतक र १७ अर्धशतक छ । खेलको हिसाबमा विराट भन्दा बाबरनै अघि देखिन्छन् ।

बाबरको उमेर २६ हुँदा विराटको ३२ छ । अर्थात बाबर विराटभन्दा ६ वर्षले कान्छा छन् । केहि क्रिकेट विज्ञहरु विराटभन्दा बाबर धेरै अघि जाने आँकलन गरेका छन् । खेल अनुसार बाबर विराटभन्दा उत्कृष्ट रहेको बताउँछन् ।
विराटभन्दा बाबर वरियतामा अघि रहेपनि खेल र उमेरले भने धेरै पछि छन् । त्यसैले विराटसँग अहिलेनै तुलना गर्न नमिल्ने एकथरी क्रिकेट विज्ञहरुको तर्क छ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]