default_image

3 years ago

April 18, 2021

त्रिकोणात्मक टि२० : नेदरल्यान्ड्स र मलेसिया भिड्दै

काठमाडौं (हाम्रो खेलकुद) – क्रिकेट संघ नेपाल (क्यान) को आयोजनामा जारि टि२० ट्राइ सिरिज अन्तर्गत दोस्रो खेलमा आज नेदरल्यान्ड्स र मलेसिया भिड्दैछन् । खेल नेपाली समय १२:१५ बजे कीर्तिपुरस्थित टीयु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ । पहिलो खेलमा नेपालविरुद्ध फराकिलो हार बेहोरेको नेदरल्यान्ड्स मलेसियाविरुद्ध जित हासिल गर्दै सिरिजमा फर्कने लक्ष्यमा हुनेछ । यता प्रतियोगितामा पहिलो खेल […]

53 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – क्रिकेट संघ नेपाल (क्यान) को आयोजनामा जारि टि२० ट्राइ सिरिज अन्तर्गत दोस्रो खेलमा आज नेदरल्यान्ड्स र मलेसिया भिड्दैछन् । खेल नेपाली समय १२:१५ बजे कीर्तिपुरस्थित टीयु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ ।

पहिलो खेलमा नेपालविरुद्ध फराकिलो हार बेहोरेको नेदरल्यान्ड्स मलेसियाविरुद्ध जित हासिल गर्दै सिरिजमा फर्कने लक्ष्यमा हुनेछ । यता प्रतियोगितामा पहिलो खेल खेल्न लागेको मलेसिया सुखद सुरुवात गर्ने सुरमा हुनेछ । कागजमा नेदरल्यान्ड्स तुलनात्मक रुपमा बलियो भएपनि नेपाली पिचमा डच टोलीले संघर्ष गरिरहेको छ ।

नेपालविरुद्ध हारपछि नेदरल्यान्ड्सका कप्तान पिटर शिलारले टोलीको खराब प्रदर्शनको खुलेर आलोचना गरेका थिए । अधिकांश युवा खेलाडी उतारेको टोलीलाई मलेसियाविरुद्ध उच्च प्रदर्शन गर्न निकै दबाब छ । विशेषगरी बलिङ र फिल्डिङमा टोलीले निकै सुधार गर्नुपर्ने देखिन्छ ।

यता मलेसिया प्रतियोगितामा कमजोर टोली मानिएपनि पछिल्लो समय राम्रो नतिजा निकाल्दै आएको छ । युवा खेलाडीको वर्चस्व रहेको टोलीमा आक्रामक ब्याट्सम्यानको बाहुल्यता छ । अलराउन्डर विरनदिप सिंहको प्रदर्शन महत्त्वपूर्ण हुनेछ ।

नेदरल्यान्ड्सको टोली : पिटार सीलार (कप्तान), टोबियस भिसे, बेन कुपर, म्याक्स ओडिवड, बास डी लीडे, विक्रमजित सिंह, स्कर्ट एडवार्डस, आर्यन दत्त, फिलिपे बोइससेवेन, पल पान मीकेरन, भिभिन किंगमा, टोनी स्टल, सेबस्टियान ब्राट र जुलियन डी म

मलेसियाको टोली : अहमद फेज, विरनदिप सिंह, ऐनोल हफिज्स, अमिनुदीन राम्ली, अनवर अरुदीन, अनवर रहमान, फित्री शाम, खिजार हायत, धिवेंद्रण मोगन, मुहमद वाफिक, शर्विन मुनींदी, पवनदीप सिंह, शफिक सरिफ, स्यार्जुल इद्रुस, सायद अजिज

April 25, 2024

आइपिएलमा बैंगलुरुको दोस्रो जित

एजेन्सी – रोयल च्यालेन्जर्स बैंगलुरुले इन्डियन प्रिमियर लिग (आइपिएल) मा दोस्रो जित हासिल गरेको छ । बैंगलुरुले बिहीबार सनराइजर्स हैदरावादलाई ३५ रनले हराएको छ । २ सय ७ रनको लक्ष्य पछ्याएको हैदरावादले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ७१ रन मात्र बनाउन सक्यो ।टोलीका लागि सहवाज अमेदले सर्वाधिक नटआउट ४० रन बनाए । […]

April 25, 2024

कर्णालीको जितमा कोशीको छैटौं पराजय

काठमाडौं (हाम्रो खेलकुद) – पुछारमा रहेको कोशी प्रदेशलाई ५ विकेटले सहजै हराउँदै कर्णाली‌ प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपको फाइनलमा पुग्ने संभावनालाई कायमै राखेको छ। लगातारको छैटौं हारमा कोशी अंक विहिन हुँदै प्रतियोगिताबाट बाहिरिएको छ। ९४ रनको सहज विजय लक्ष्य कर्णाली प्रदेशले मात्र ६. ३ बलमा ५ विकेट गुमाउँदै पुरा गर्यो। ओपनर विपिन रावल […]

April 25, 2024

सुपर ओभरमा मधेशको जित , सुदूरपश्चिम बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) – सुपर ओभरमा सुदूरपश्चिमलाई हराउँदै मधेश प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसीपमा चौथो जित हात पारेको छ। सुपर ओभरमा सुदूरपश्चिमले मात्र ७ रन बनायो। मधेशले पाँचौ बलमा जित हात पारेको हो। यो हारमा सुदूरपश्चिम एक खेल अगाडि नै लिग चरणबाट बाहिरिएको छ। माथिल्लो मुलपानी मैदानमा पहिले ब्याटिङ गरेको मधेश प्रदेशले ७ […]

Success

Thank you for your time.