5 years ago
April 18, 2021
काठमाडौं (हाम्रो खेलकुद) – मलेसिया क्रिकेट टोलीका कप्तान अहमद फाइजले टियु क्रिकेट मैदानमा जारी त्रिकोणात्मक टि२० आई सिरिज अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालविरुद्ध राम्रो गर्ने बताएका छन् ।

पहिलो खेलमा आइतबार नेदरल्यान्ड्सँग १५ रनले पराजित भएपछि मलेसिया कप्तानले अर्को खेलमा राम्रो प्रदर्शन गर्ने बताएका छन् । टियु क्रिकेट मैदानमा नेदल्यान्ड्सले मलेसियाविरुद्ध पहिला ब्याटिङ गर्दै निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै १ सय ९१ रन बनाएको थियो । ओपनर म्याक्स ओडाउडले १ सय ३३ रनको अविजित इनिङ खेलेका थिए । जुन नेदरल्यान्ड्सको लागि टि२० आई मा बनेको पहिलो शतक थियो ।
जवाफी लक्ष्य पछ्याएको मलेसियाले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ७६ रन बनाएको थियो । युवा ब्याट्सम्यान विरानदीपसिंहले ५३ बलमा ८७ रनको उत्कृष्ट इनिङ खेलेका थिए । हारपछि बलिङ राम्रो हुन नसक्दा पराजित हुन पुगेको मलेसिया कप्तान अहमद फाइजले प्रतिकृया दिएका छन् ।
‘दुई बलरको मात्र ७ को ईकोनमीमा बलिङ रह्यो । टोलीमा लामो लाइनअप छ । धेरै रनको कारण आज हार्न पुग्यौं’, उनले भने,’ टोलीले हारेपनि युवा ब्याट्सम्यान विरानदीपले भने उत्कृष्ट प्रदर्शन गरेका थिए । विरानदीप हाम्रो प्रमुख ब्याट्सम्यान हुन् । उनले मलेसिया क्रिकेटमा लगातार राम्रो गर्दै आएका छन् । उनको प्रदर्शनमा खुसी छौं ।’

‘विरानदीपलाई शार्विन र राम्लीले राम्रो साथ दिए । विरानदीप आउटसँगै हामीले राम्रो समयमा मुमेन्ट गुमाउन पुग्यौं र हार्नुपर्यो । कमजोर बललाई प्रहार गर्ने योजना थियो । आशा छ अर्को खेलमा राम्रो प्रदर्शन हुनेछ ।’
मलेसियाले सोमबार नेपालसँग खेल्नेछ । खेलअघि फाइजले नेपाली समर्थकको प्रशंसा पनि गरे । ‘नेपालमा समर्थकको साथ सधैं राम्रो हुने गर्दछ । मलेसियामा पनि कतिपय नेपालीहरु मले भाषा बोल्नुहुन्छ र समर्थन गर्न आउनुहुन्छ । नेपाल र मलेसियाको दाजुभाइ जस्तो सम्बन्ध छ । एसोसियटमा नेपालको समर्थकको साथ नम्बर वान छ । यहाँ खेल्न र हेर्न पाउँदा खुसी छौं’, उनले भने ।

‘कोरोना महामारीपछि अन्तर्राष्ट्रिय क्रिकेटमा फर्किदा पक्कैपनि खुसी छौं । विश्वभर क्रिकेट खेल खतरामुक्त छ भन्ने सन्देश यसले दिएको छ । अब हामी नेपालविरुद्ध पनि राम्रो प्रदर्शन गर्ने प्रयास गर्नेछौं’, फाइजले भने ।
गतवर्ष थाईल्यान्डमा भएको एसिसी इस्टर्न रिजन छनोटमा मलेसियाले नेपाललाई २२ रनले हराएको थियो । नेपाल, मलेसिया र नेदरल्यान्ड्सबीच डबल राउन्ड रोविनको आधारमा त्रिकोणात्मक सिरिज हुने छ । पहिलो खेलमा नेपालले नेदरल्यान्ड्सलाई ९ विकेटले पराजित गरेको थियो ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]