5 years ago
April 18, 2021
एजेन्सी – ओपनर मयंक अग्रवाल र कप्तान लोकेश राहुलको अर्धशतकको सहयोगमा पन्जाब किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को ११ औं खेलमा दिल्ली क्यापिटल्सलाई १ सय ९६ रनको बलियो लक्ष्य दिएको छ ।

वानखडे स्टेडियम मुम्बईमा टस हारेर पहिला ब्याटिङ थालेको पन्जाबले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ९५ रन बनायो । पन्जाबका कप्तान लोकेश राहुलले ५१ बलमा ७ चौका र २ छक्का सहित ६१ रनको अर्धशतकीय इनिङ खेले । अर्का ओपनर मयंक अग्रवालले ३६ बलमा ७ चौका र ४ छक्का सहित सर्वाधिक ६९ रनको योगदान दिए ।

ओपनर लोकेश राहुल र मयंक अग्रवालले पहिलो विकेटका लागि १२.४ ओभरमा १ सय २२ रनको शतकीय साझेदारीका साथ राम्रो सुरुवात दिलाएका थिए । डेब्यू खेल खेलेका तीव्र गतिका बलर लुकमान मेरिवालाले अग्रवाललाई धवनबाट क्याच गराउँदै साझेदारीमा ब्रेक लगाएका थिए । कागिसो रबाडाले १६ औं ओभरको दोस्रो बलमा राहुललाई स्टोइनिसबाट क्याच आउट गराए । क्रिस गेल ९ बलमा १ छक्का सहित ११ रनमा क्याच आउट भए ।
यस सिजनको सुरुवाती दुई खेलमा शून्यमा आउट भएका निकोलस पुरन ८ बलमा ९ क्याच आउट भए । युवा ब्याट्सम्यान शाहरुख खान ५ बलमा २ चौका र १ छक्का सहित १५ रनमा अविजित रहे । दिपक हुड्डा १३ बलमा २ छक्का सहित २२ रनमा अविजित रहे । दिल्लीका क्रिस वोक्स, कागिसो रबाडा, आवेस खान र लुकमान मेरिवालले १-१ विकेट लिए ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]