default_image

5 years ago

April 18, 2021

धवनको उत्कृष्ट ब्याटिङमा दिल्लीको सानदार जित

188 views

0 Bookmark

एजेन्सी – ओपनर शिखर धवनको उत्कृष्ट ब्याटिङको सहयोगमा इन्डियन प्रिमियर लिग (आइपिएल) मा दिल्ली क्यापिटल्सले पन्जाब किंग्समाथि ६ विकेटको सानदार जित निकालेको छ । जितको लागि १ सय ९६ रनको विजयी लक्ष्य पछ्याएको दिल्लीले १८.२ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो ।


दिल्लीको जितमा ओपनर शिखर धवनले ४९ बलमा १३ चौका र २ छक्का सहित सर्वाधिक ९२ रनको योगदान दिए । तीव्र गतिका बलर झेय रिचर्ड्सनले १५ औं ओभरको पाँचौं बलमा बोल्ड आउट गरेपछि धवन आफ्नो आइपिएल करिअरको तेस्रो शतक बनाउन ८ रनले चुकेका थिए । ओपनर पृथ्वी शा १७ बलमा ३ चौका र २ छक्का सहित ३२ रनमा क्याच आउट भए ।

ओपनर पृथ्वी शा र शिखर धवनले पहिलो विकेटका लागि ५.३ ओभरमा ५९ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । शा लाई अर्शदीप सिंहले क्रिस गेलबाट क्याच आउट गराउँदै साझेदारी तोडेका थिए । डेब्यू खेल खेलेका स्टिभ स्मिथ १२ बलमा ९ रनमात्र बनाउन सके मार्कस स्टोइनिस १३ बलमा ३ चौका र १ छक्का सहित २७ रनमा अविजित हुँदै टोलीको जित पक्का गरे । ऋषभ पन्त १६ बलमा १ छक्का सहित १५ रनमा आउट भए । ललित यादव १२ रनमा अविजित रहे ।

पन्जाबका झेय रिचर्ड्सनले ४ ओभरमा ४१ रन खर्चेर २ विकेट लिए । अर्शदीप सिंह र राइली मेरेडिथले १–१ विकेट लिए ।

त्यसअघि वानखडे स्टेडियम मुम्बईमा टस हारेर पहिला ब्याटिङ थालेको पन्जाबले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ९५ रन बनाएको थियो । पन्जाबका कप्तान लोकेश राहुलले ५१ बलमा ७ चौका र २ छक्का सहित ६१ रनको अर्धशतकीय इनिङ खेले । अर्का ओपनर मयंक अग्रवालले ३६ बलमा ७ चौका र ४ छक्का सहित सर्वाधिक ६९ रनको योगदान दिए ।

ओपनर लोकेश राहुल र मयंक अग्रवालले पहिलो विकेटका लागि १२।४ ओभरमा १ सय २२ रनको शतकीय साझेदारीका साथ राम्रो सुरुवात दिलाएका थिए । डेब्यू खेल खेलेका तीव्र गतिका बलर लुकमान मेरिवालाले अग्रवाललाई धवनबाट क्याच गराउँदै साझेदारीमा ब्रेक लगाएका थिए । कागिसो रबाडाले १६ औं ओभरको दोस्रो बलमा राहुललाई स्टोइनिसबाट क्याच आउट गराए । क्रिस गेल ९ बलमा १ छक्का सहित ११ रनमा क्याच आउट भए ।

यस सिजनको सुरुवाती दुई खेलमा शून्यमा आउट भएका निकोलस पुरन ८ बलमा ९ क्याच आउट भए । युवा ब्याट्सम्यान शाहरुख खान ५ बलमा २ चौका र १ छक्का सहित १५ रनमा अविजित रहे । दिपक हुड्डा १३ बलमा २ छक्का सहित २२ रनमा अविजित रहे । दिल्लीका क्रिस वोक्स, कागिसो रबाडा, आवेस खान र लुकमान मेरिवालले १-१ विकेट लिए

अंक तालिका


दिल्लीले अव आफ्नो चौथो खेल मंगलबार मुम्बई इन्डियन्ससँग खेल्ने छ । पन्जाबले बुधबार सनराइजर्स हैदराबादसँग खेल्ने छ । रोयल च्यालेन्जर्स बेंगलोर ३ खेलमा ६ अंकका साथ शीर्ष स्थानमा उक्लिएको छ । दिल्ली क्यापिटल्स ३ खेलमा २ मा जित र १ मा हार सहित दोस्रो स्थानमा उक्लिएको छ । मुम्बई ३ खेलमा २ मा जित र १ मा हार सहित ४ अंकका साथ तेस्रो स्थानमा छ । चेन्नई सुपर किंग्स २ खेलमा १ मा जित र १ मा हार सहित २ अंक जोड्दै चौथो स्थानमा छ । समान २ अंकका साथ राजस्थान रोयल्स पाँचौं, कोलकाता नाइट राइडर्स छैटौं र पन्जाब सातौं स्थानमा छन् । हैदराबाद अंक विहिन हुँदै पुछारमा छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.