default_image

5 years ago

April 19, 2021

मलेसियाविरुद्ध नेपालको सम्भावित प्लेइङ–११

162 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – त्रिकोणात्मक टि२० आई सिरिज अन्तर्गत तेस्रो खेलमा आज नेपाल र मलेसियाबीच प्रतिस्पर्धा हुँदैछ । खेल दिउँसो १:१५ बजे टियु क्रिकेट मैदानमा सुरु हुनेछ ।

घरेलु टोली नेपाल लगातार दोस्रो जितको सोचमा हुनेछ । पहिलो खेलमा नेपालले नेदरल्यान्ड्सलाई ९ विकेटले पराजित गरेको थियो । दोस्रो खेलमा मलेसिया नेदरल्यान्ड्ससँग १५ रनले पराजित भएको थियो । पहिलो खेलको प्रदर्शनले घरेलु टोली नेपालको मनोबल उच्च छ ।

नेदल्यान्ड्स आफ्नो प्रमुख खेलाडी विनानै नेपाल आउँदा बलिङ लाइनअप कमजोर देखिएको छ । पछिल्लो समय मलेसियाले नेपाललाई कडा प्रतिस्पर्धा दिँदै आएको छ । गतवर्ष फ्रेबुअरीमा थाईल्यान्डमा एसिसी इस्टर्न रिजन टि२० छनोटमा मलेसियाले नेपाललाई २२ रनले हराएको थियो । जुन मलेसियाले टि२० आईमा जित निकालेको सर्वाधिक ठूलो विपक्षी टोली थियो । पहिलो खेलमा बलिङ र ब्याटिङ दुबैमा उच्च प्रदर्शन गरेको नेपालबाट दोस्रो खेलमा पनि त्यस्तै प्रदर्शनको अपेक्षा गरिएको छ ।

नेदरल्यान्ड्ससँगको खेलबाट नेपालले टोलीमा परिवर्तन गर्ने सम्भावना भने न्यून छ । ब्याटिङमा ओपनर कुशल भुर्तेल र आसिफ शेखले उत्कृष्ट अर्धशतकीय इनिङ खेलेका थिए । कुशल ६२ रनमा आउट हुँदा आसिफ ५४ रनमा अविजित रहेका थिए । यी दुई ओपनरले पहिलो विकेटका लागि १२.४ ओभरमा १ सय १६ रनको उत्कृष्ट साझेदारी गरेका थिए । नेपालको लागि टि२० आईमा पहिलो विकेटका लागि गरेको उच्च साझेदारी समेत हो ।

टि२० आईमा डेब्यू खेलाडीले गरेको उच्च साझेदारीमा विश्व कीर्तिमान पर्छ । पहिलो खेलमा मध्यक्रम र तल्लोक्रमको ब्याटिङ परिक्षण हुन पाएन । त्यसैले ब्याटिङमा परिवर्तन गर्ने कुनै आधार र सम्भावना छैन । ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी र आरिफ शेखबाट मध्यक्रममा ठूलो इनिङ खेल्नुपर्ने हुन्छ । विनोद भण्डारी फिनिसरको रुपमा खेल्ने छन् ।

करण केसी र सोमपाल कामी पहिलो रोजाईका तीव्र गतिका बलर हुन् । अभिनाश डेथ ओभर विशेष मानिन्छन् । लेग स्पिनर सन्दीप लामिछाने टोलीका प्रमुख हतियार हुन् । करण र सोमपाल तल्लोक्रममा राम्रो ब्याटिङको क्षमता राख्छन् । स्पिनरमा सन्दीप लामिछानेलाई साहब आलमनै साथ दिने सम्भावना छ ।

साहबले डेब्यू खेलमा नेदरल्यान्ड्सँग ४ ओभरमा ४५ रन खर्चेर १ विकेट लिएका थिए । केहि महँगो सावित भएपनि टोलीले उनीमाथि थप विश्वास गर्ने सम्भावना छ । एकै खेलको प्रदर्शनको आधारमा हटाउदा खेलाडीको मनोबलमा असर पर्नुको साथै आत्माविश्वासमा कमी आउँछ । उनको विकल्पमा सुशन भारी छन् । पछिल्लो समय घरेलु क्रिकेटमा भारी भन्दा साहब अब्बल रहँदै आएका छन् ।

युवा अलराउन्डर कुशल मल्ल, तीव्र गतिका बलर कमलसिंह ऐरी, सुशन भारी र युवा ब्याट्सम्यान सन्दीप जोरा पहिलो खेलमा बेन्चमा बसेका थिए । मलेसियासँग पनि बेन्चमा रहने सम्भावना छ । यी चार खेलाडीलाई मौका दिने ठाउँ देखिदैन ।

नेपालको सम्भावित प्लेइङ ११ : ज्ञानेन्द्र मल्ल (कप्तान), दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, अभिनाश बोहरा, आरिफ शेख, आसिफ शेख, कुशल भुर्तेल र साहब आलम ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.