default_image

3 years ago

April 19, 2021

डि भिलियर्सको विश्वकप खेल्ने इच्छा

एजेन्सी – दक्षिण अफ्रिका आक्रामक ब्याट्सम्यान एवी डिभिलियर्सले आगमी अक्टोबर नोभेम्बरमा भारतमा हुने टि२० विश्वकप खेल्ने इच्छा राखेका छन् । एवी डिभिलियर्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ मा रोयल च्यालेन्जर्स बेंगलोरबाट सुरुवाती खेलमा राम्रो प्रदर्शनका साथ सन्न्यास फिर्ता लिन तयार रहेको संकेत दिएका छन् । बेंगलोरका प्रमुख ब्याट्सम्यान डी भिलियर्सले आइतबार राती कोलकाता नाइट राइडर्सलाई […]

41 views

0 Bookmark

एजेन्सी – दक्षिण अफ्रिका आक्रामक ब्याट्सम्यान एवी डिभिलियर्सले आगमी अक्टोबर नोभेम्बरमा भारतमा हुने टि२० विश्वकप खेल्ने इच्छा राखेका छन् । एवी डिभिलियर्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ मा रोयल च्यालेन्जर्स बेंगलोरबाट सुरुवाती खेलमा राम्रो प्रदर्शनका साथ सन्न्यास फिर्ता लिन तयार रहेको संकेत दिएका छन् ।

बेंगलोरका प्रमुख ब्याट्सम्यान डी भिलियर्सले आइतबार राती कोलकाता नाइट राइडर्सलाई ३८ रनले पराजित गर्दै ३४ बलमा ७६ रनको प्लेयर अफ द म्याच इनिङ खेलेका थिए । डी भिलियर्सले सन् २०१८ मा सबैलाई आश्चर्य पार्दै अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका थिए ।

२०१९ मा इंग्ल्यान्डमा भएको एकदिवसिय विश्वकपमा एवी डिभिलियर्सले टोलीलाई आवश्यक भए आफू फर्किन तयार भएको जनाएका थिए । विश्वकप मुखमै सन्न्यास लिएका डी भिलियर्सको प्रस्तावलाई दक्षिण अफ्रिकाले ठाडै अस्वीकार गरेको थियो ।

सन् २०२० मा अष्ट्रेलियामा हुने टि२० विश्वकपमा पर्न आइपिएलमा उच्च प्रदर्शन गर्नु पर्ने दक्षिण अफ्रिकाले जनाएको थियो । तर कोरोनाको कारण उक्त विश्वकप हुन सकेन । डी भिलियर्सले आफ्नो सन्न्यास फिर्ता लिन दक्षिण अफ्रिका प्रशिक्षक तथा सँगै खेल्दाका साथी मार्क बाउचरसँग छलफल गर्ने बताएका छन् । कोलकातासँगको खेलपछि विश्वकप खेल्ने इच्छा दोर्याउदै सन्न्यास फिर्ता लिन बाउचरसँग छलफल गर्ने बताएका छन् ।

‘आइपिएलसँगै मैले बाउची (बाउचर) सँग कुरा गरेको छैन । यसबारेमा हामी कुरा गर्दैछौं । गतवर्ष उनले मलाई खेल्न रुचि छ भनेर सोधेका थिए । मैले खेल्ने इच्छा भएको बताएका थिए । आइपिएलको अन्त्यमा मेरो लय र फिटनेश कहाँ छ भन्ने कुरामा बढी निर्भर रहनेछ’, उनले भने । त्यसैमा उनले थपे’, आइपिएल अन्त्यपछि बाउचको निर्णयको पर्खाइमा हुने छु र त्यसै अनुसार योजना बनाउने छु ।’

बाउचरले पनि एवी डिभिलियर्स दक्षिण अफ्रिका टोलीमा फर्किन सक्ने संकेत दिई सकेका छन् । ‘एबीआइपिएलमा जानु अघि मैले कुरा गरेको थिए । अझै धेरै खुल्ला छ । डी भिलियर्स आइपिएलमा उत्कृष्ट प्रदर्शन गर्न चाहन्छन् । अरु सबैलाई विश्व क्रिकेटको महत्वपूर्ण व्यक्ति हो भन्दै प्रभुत्व जमाउन चाहन्थें । मैले उनलाई तिमी जाउँ भने । म तिमीलाई आइपिएलको अन्त्यतिर भन्ने छु । हामीपनि उसँगै रहेका छौं’, उनले दक्षिण अफ्रिका वेवसाइट टाइम्स लाइभडटकमसँगको कुराकानीमा भनेका छन् ।

दक्षिण अफ्रिकाले यसै साता पाकिस्तानसँगको चार टि२० आई सिरिज ३–१ ले गुमाएको थियो । पछिल्लो समय दक्षिण अफ्रिका विश्व क्रिकेटमा प्रदर्शन खस्किदो छ । जसले गर्दा डी भिलियर्स फर्किने सम्भावना छ । डी भिलियर्स फर्किदा क्विन्टन डी कक, कागिसो रबाडा, एनरिच नोर्किया, डेविड मिलर लगायतका खेलाडी हुँदा टोली बलियो बन्ने देखिन्छ ।

April 26, 2024

ब्रेन्सटोको शतकमा पन्जाबको सानदार जित

एजेन्सी – जोनी ब्रेन्सटोले सानदार नटआउट शतक बनाएपछि पन्जाब किङ्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा शुक्रबार कोलकाता नाइट राइडर्सलाई ८ विकेटले हराएको छ । २ सय ६२ रनको लक्ष्य पछ्याएको पन्जाबका लागि ब्रेन्सटोको शतकसँगै प्रभसिमरन सिंह र शंशाक सिंहले अर्धशक बनाएपछि ८ बलअघि २ विकेटको नोक्सानीमा पूरा गरेको थियो । ४८ बलमा ब्रेन्सटोले ९ छक्का […]

April 26, 2024

विश्वकप जति नजिक, टोलीको भविष्य त्यति अनिश्चित

सुबास हुमागाईं, काठमाडौं नेपाली राष्ट्रिय क्रिकेट टोलीले अबको ५ सातामा आइसीसी मेन्स टि२० विश्वकप अन्तर्गत पहिलो खेल खेल्नेछ । तर विश्वकप खेल्ने मिति नजिकिंदै जाँदा नेपाली टोलीमा खेलाडी संख्या घट्दै जानुपर्नेमा तयारीको अन्तिम सिरिजको पूर्व सन्ध्यामा आएर अप्रत्याशित रुपमा बढेको छ । विश्वकपको तयारीका लागि भारतको गुजरातमा मैत्रीपूर्ण सिरिज खेल्न नेपालले १५ सदस्यीय टोली घोषणा […]

April 26, 2024

वेस्ट इन्डिज ‘ए’लाई मन्त्री श्रेष्ठको शुभकामना

काठमाडौं (हाम्रो खेलकुद)- युवा तथा खेलकूद मन्त्री बिराजभक्त श्रेष्ठले नेपाल‌ भ्रमणमा रहेको वेस्ट इन्डिज ‘ए’ टिमसँग भेट गरेका छन्। नेपाली क्रिकेट टोलीसँग शनिबार सुरु हुने ५ टि ट्वान्टी सिरिजका लागि मन्त्री श्रेष्ठले वेस्ट इन्डिज ‘ए’ टोलीलाई सफलता शुभकामना दिएका हुन् । आज साँझ मन्त्री श्रेष्ठले वेस्ट इन्डिजको ‘ए’ टिमका खेलाडी तथा प्रशिक्षकसँग भेटेर नेपाल सरकारको […]

Success

Thank you for your time.