5 years ago
April 19, 2021
काठमाडौं (हाम्रो खेलकुद) – त्रिकोणात्मक टि२० सिरिजत अन्तर्गत तेस्रो खेलमा नेपालले मलेसियाविरुद्ध राम्रो सुरुवात गरेको छ । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको मलेसियाले ४ ओभरमा २ विकेट गुमाउँदै ३५ रन बनाएका छ ।

मलेसिया ओपनर तथा युवा ब्याट्सम्यान सायद अजिज १५ बलमा ४ चौका र १ सहित २३ रनमा अविजित छन् । उनलाई अर्का युवा ब्याट्सम्यान विरानदीपसिंहले साथ दिन क्रिजमा आएका छन् । दोस्रो ओभरको चौथो बलमा करण केसीले ओपनर अनवार अरुद्दीनलाई विकेटकिपर विनोद भण्डारीबाट ८ रनमा क्याच गराउँदै पहिलो सफलता दिलाएका थिए । अनवार सट खेल्नेक्रममा एज लागेपछि आउट हुन पुगेका थिए । ओपनर अनवार र सायद अजिजले पहिलो विकेटका लागि १७ रनको साझेदारी गरेका थिए ।
तेस्रो ओभरमा आफ्नो पहिलो स्पेल लिएर आएका स्पिनर सन्दीप लामिछानेले २ चौका र १ छक्का सहित १५ रन खर्चेका थिए । चौथो ओभरको दोस्रो बलमा कप्तान अहमद फाइज ३ रनमा रन आउट हुन पुगेपछि नेपालले दोस्रो सफलता हात पारेको हो । दोस्रो रन लिनेक्रममा अजिज सायदसँग तालमेल गर्न नसक्दा विनोद भण्डारीको थ्रो मा करण केसीले रन आउट गराएका थिए ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]