default_image

5 years ago

April 19, 2021

उपकप्तान दीपेन्द्रलाई टि२० आईमा पहिलो विकेट

191 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका उपकप्तान दीपेन्द्रसिंह ऐरीले टि२० आई खेलमा आफ्नो करिअरको पहिलो विकेट लिएका छन् । त्रिकोणात्मक टि२० सिरिजत अन्तर्गत तेस्रो खेलमा मलेसियाविरुद्ध नेपाललाई चौथो सफलता दिलाउनेक्रममा दीपेन्द्रले पहिलो विकेट लिएका हुन् ।

टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको मलेसियाले ९ ओभरमा ४ विकेट गुमाउँदै ६१ रन बनाएका छ । मलेसिया शफिक शरिफ ९ र शर्विन मुनींदी ५ रनमा खेलि रहेका छन् ।

दोस्रो ओभरको चौथो बलमा करण केसीले ओपनर अनवार अरुद्दीनलाई विकेटकिपर विनोद भण्डारीबाट ८ रनमा क्याच गराउँदै पहिलो सफलता दिलाए । अनवार सट खेल्नेक्रममा एज लागेपछि आउट हुन पुगेका थिए । ओपनर अनवार र सायद अजिजले पहिलो विकेटका लागि १७ रनको साझेदारी गरेका थिए ।

तेस्रो ओभरमा आफ्नो पहिलो स्पेल लिएर आएका स्पिनर सन्दीप लामिछानेले २ चौका र १ छक्का सहित १५ रन खर्चेका थिए । चौथो ओभरको दोस्रो बलमा कप्तान अहमद फाइज ३ रनमा रन आउट हुन पुगेपछि नेपालले दोस्रो सफलता हात पारेको थियो । दोस्रो रन लिनेक्रममा अजिज सायदसँग तालमेल गर्न नसक्दा विनोद भण्डारीको थ्रो मा करणले रन आउट गराएका थिए ।

युवा ब्याट्सम्यान विरानदीपसिंहलाई सोमपाल कामीले ६ बलमा बोल्ड आउट गरे । विरानदीपले ११ बलमा १ चौका प्रहार गरे । आठौं ओभरको पाँचौं बलमा पार्टटाइम स्पिनर दीपेन्द्रसिंह ऐरीले ओपनर सायद अजिजलाई आसिफ शेखबाट २७ रनमा क्याच आउट गराउँदै नेपाललाई चौथो सफलता दिलाए ।

अजिजले २४ बलमा ४ चौका र १ छक्का प्रहार गरे । दीपेन्द्रको टि२० आई करिअरको यो पहिलो टि२० आई विकेट समेत हो । दीपेन्द्रले ओडिआईमा भने दुई विकेट लिई सकेका छन् ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.