default_image

3 years ago

April 19, 2021

करण चम्कँदा नेपाललाई सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – तीव्र गतिका बलर करण केसी चम्कँदा मलेसियाले त्रिकोणात्मक टि२० सिरिज अन्तर्गत तेस्रो खेलमा नेपाललाई १ सय १० रनको सामान्य लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको मलेसिया १६.५ ओभरमा १ सय ९ रनमा अल आउट भयो । मलेसिया ओपनर सायद अजिजले २४ बलमा ४ चौका र […]

57 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – तीव्र गतिका बलर करण केसी चम्कँदा मलेसियाले त्रिकोणात्मक टि२० सिरिज अन्तर्गत तेस्रो खेलमा नेपाललाई १ सय १० रनको सामान्य लक्ष्य दिएको छ ।

टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको मलेसिया १६.५ ओभरमा १ सय ९ रनमा अल आउट भयो । मलेसिया ओपनर सायद अजिजले २४ बलमा ४ चौका र १ छक्का सहित सर्वाधिक २७ रनको योगदान दिए । नेपालको बलिङ सामू मलेसिया ८ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

करण केसीको दोस्रो ओभरको चौथो बलमा ओपनर अनवार अरुद्दीन एज लागेर विकेटकिपर विनोद भण्डारीबाट ८ रनमा क्याच आउट हुन पुगेका थिए । ओपनर अनवार र सायद अजिजले पहिलो विकेटका लागि १७ रनको साझेदारी गरेका थिए । त्यसपछि मलेसियाले लगातार विकेट गुमाउन पुग्यो ।


चौथो ओभरको दोस्रो बलमा कप्तान अहमद फाइज ३ रनमा रन आउट हुन पुगे । दोस्रो रन लिनेक्रममा ओपनर अजिज सायदसँग तालमेल गर्न नसक्दा रन आउट हुन पुगेका थिए । युवा ब्याट्सम्यान विरानदीप सिंहलाई सोमपाल कामीले ६ बलमा बोल्ड आउट गरे । विरानदीपले ११ बलमा १ चौका प्रहार गरे । विरानदीप आउट भएसँगै मलेसिया समस्यामा परेको थियो । आठौं ओभरको पाँचौं बलमा पार्टटाइम स्पिनर दीपेन्द्रसिंह ऐरीले ओपनर सायद अजिजलाई आसिफ शेखबाट २७ रनमा क्याच आउट गराउँदै नेपाललाई चौथो सफलता दिलाए ।

अजिजले २४ बलमा ४ चौका र १ छक्का प्रहार गरे । दीपेन्द्रको टि२० आई करिअरको पहिलो विकेट हो । स्पिनर साहब आलमको १२ औं ओभरको अन्तिम बलमा ठूलो सट खेलेका अमिनुद्दीन राम्ली ५ रनमा क्याच आउट भएसँगै मलेसिया ७७–६ को कमजोर अवस्थामा पुगेको थियो । तल्लोक्रमका खिजर हायत ४ र शर्विन मुनींदि २० रनमा आउट भए ।

नेपालका तीव्र गतिका बलर करण केसीले ३ ओभरमा १७ रन खर्चेर ३ विकेट लिए । सन्दीप लामिछाने ३.५ ओभरमा २५ रन खर्चेर २ विकेट लिए । दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी, साहब आलम र कुशल मल्लले १–१ विकेट लिए ।

April 26, 2024

नेपाली टोलीमा ४ खेलाडी थपिए

काठमाडौं (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ विरुद्ध हुने ५ खेलको टि२० सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीमा ४ खेलाडी थपिएका छन् । नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले सिरिजको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा विहीबार घोषणा भएको १६ सदस्यीय टोलीमा नेपाल ‘ए’ बाट ४ खेलाडी थपिएको जानकारी दिएका हुन् । उक्त सिरिजमा उच्च […]

April 26, 2024

लुम्बिनी र कर्णाली फाइनलमा , बागमती बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) – सुदूरपश्चिमसँग ३ विकेटले पराजित हुँदा बागमती प्रदेश रन रेटको आधारमा वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसीपको लिग चरणबाट बाहिरिएको छ। जितले बागमती अंक तालिकाको शीर्षस्थानमा रहँदै फाइनलमा पुग्ने थियो। तर हारले रन रेटको आधारमा बाहिरिएको हो। बागमतीको हारमा लुम्बिनी प्रदेश र कर्णाली प्रदेश फाइनलमा प्रवेश गर्न सफल भएका छन्। कम स्कोर‌को […]

April 25, 2024

आइपिएलमा बैंगलुरुको दोस्रो जित

एजेन्सी – रोयल च्यालेन्जर्स बैंगलुरुले इन्डियन प्रिमियर लिग (आइपिएल) मा दोस्रो जित हासिल गरेको छ । बैंगलुरुले बिहीबार सनराइजर्स हैदरावादलाई ३५ रनले हराएको छ । २ सय ७ रनको लक्ष्य पछ्याएको हैदरावादले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ७१ रन मात्र बनाउन सक्यो ।टोलीका लागि सहवाज अमेदले सर्वाधिक नटआउट ४० रन बनाए । […]

Success

Thank you for your time.